१ हजार बढी दोस्त बिक्री भएको अवसर पारेर सर्भिस क्याम्प सञ्चालन गर्दै आइएमई मोटर्स

काठमाडौं – नेपालमा १ हजार भन्दा बढी दोस्त पिकअप बिक्री भएको उपलक्ष्यमा आयातकर्ता कम्पनी आइएमई मोटर्सले देशभर सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।

उक्त अवसर पारेर कम्पनीले आगामी भदौ २० देखि २५ गतेसम्म ‘चोकचोकमा दोस्त’ स्लोगन सहित सर्भिस क्याम्प अयोजना गर्ने बताएको हो । उक्त क्याम्प अशोक लेल्यान्डको देशभर सञ्चालिन सर्भिस सेन्टरमा अयोजना गरिनेछ ।

क्याम्पमा आउने ग्राहकलाई स्पेयर पार्ट्समा ८ प्रतिशत छुटको अतिरिक्त केही विशेष पार्ट्समा ५० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ । त्यसैगरी लुब्रिकेन्ट्समा १५ प्रतिशत र लेबर चार्जमा ३० प्रतिशत छुट प्रदान गरिनेछ । ग्राहकले आफूसँग भएको दोस्त गाडीको ४५ वटासम्म प्वाइन्ट निःशुल्क चेक गराउन सक्नेछन् ।

नेपाली बजारमा अशोक लेल्यान्डका दोस्त एफएसडी, दोस्त स्ट्रोङ एफएसडी, दोस्त एचएसडी, दोस्त कन्टेनर र दोस्त रेफ्रिजेरेटर लगायतका विभिन्न मोडलका पिकअप बिक्रीका लागि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

८० प्रतिशत फाइनान्समा दोस्त एलसीभी लिन सकिने, ३ ईएमआई फ्रि

८० प्रतिशत फाइनान्समा दोस्त एलसीभी लिन सकिने, ३ ईएमआई फ्रि

काठमाडौं – अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई...

तनहुँमा हस्तान्तरण गरियो अशोक लेल्यान्ड दोस्तमा निर्मित एम्बुलेन्स

तनहुँमा हस्तान्तरण गरियो अशोक लेल्यान्ड दोस्तमा निर्मित एम्बुलेन्स

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित...

मिनी अस्पताल वा ए क्लास एम्बुलेन्सको रुपमा प्रयोग हुने छन् अशोक लेल्यान्डका यी बस

मिनी अस्पताल वा ए क्लास एम्बुलेन्सको रुपमा प्रयोग हुने छन् अशोक लेल्यान्डका यी बस

काठमाडौं ।  नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...