नेपाली सडकमा १५०० बढी रेनो क्विड, नयाँ क्विड किन्ने ग्राहकले पाउनेछन् यस्तो सुविधा

काठमाडौं – इन्ट्री लेभल ह्याचब्याकमा लोकिप्रय रेनो क्विड नेपालमा १ हजार ५ सय भन्दा बढी युनिट बिक्री भएको छ । रेनो गाडीको आधिकारिक बितरक एड्भान्स्ड अटोमोबाइल्सले क्विड उक्त संख्यामा बिक्री भएको बताएको हो । क्विडले हासिल गरेको उक्त किर्तीमानी बिक्रीको अवसर पारेर कम्पनीले नयाँ क्विड खरिद गर्ने ग्राहकलाई विभिन्न छुट तथा सुविधा थप गरेको छ ।

एसयूभी प्रेरित लुक्सको क्विड खरिद गर्ने ग्राहकलाई एक बर्षसम्मको फ्युल खर्च र नगद छुट प्रदान गर्ने कम्पनीले जनाएको छ । त्यसैगरीे १ वर्षको इन्स्योरेन्स र भेइकल रजिष्ट्रेशन शुल्क समेत कम्पनी आफैले भुक्तानी गरिदिनेछ । यसको अतिरिक्त २ बर्षसम्म निःशुल्क सर्भिसिङ सेवा समेत प्रदान गर्ने कम्पनी स्रोतले बताएको छ । क्विडमा ५ बर्षसम्मको वारेन्टी समेत प्रदान गरिनेछ ।

नेपाली बजारमा ८ सय र १ हजार सीसी क्षमतामा क्विड ह्याचब्याक उपलब्ध रहँदै आएकोमा हाल १ हजार सीसीको मात्र कारोबार भइरहेको छ । १ हजार सीसी क्षमतामा यो म्यानुअल, अटोमेटिक र क्लाइम्वर गरी तीन भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य म्यानुअलको २५ लाख ४९ हजार, अटोमेटिकको २६ लाख ९९ हजार र क्लाइम्वरको २६ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

रेनो क्विड नेपाली बजारमा २०७३ सालमा पहिलो पटक भित्रिएको थियो ।

सम्बन्धित समाचारहरू

रेनो ट्राइबरले पायो फोर स्टार सेफ्टी रेटिङ, कम्पनी उत्साहित

रेनो ट्राइबरले पायो फोर स्टार सेफ्टी रेटिङ, कम्पनी उत्साहित

फ्रेन्च कार निर्माता कम्पनी रेनोको ७ सिटर कार ट्राइबरले भारतमा गरिएको...

नयाँ पुस्ताको रेनो डस्टर सार्वजनिक, सन् २०२५ मा लन्च हुने संकेत

नयाँ पुस्ताको रेनो डस्टर सार्वजनिक, सन् २०२५ मा लन्च हुने संकेत

रेनोले नयाँ पुस्ताको डस्टरको सोल अफ डकार संस्करण पेश गरेको छ । यद्यपि यो एक...

मासिक २४ हजार वा ३१ हजारमा रेनो काइगर लिन सकिने : यस्तो छ व्यवस्था

मासिक २४ हजार वा ३१ हजारमा रेनो काइगर लिन सकिने : यस्तो छ व्यवस्था

नेपाली बजारमा रेनो काइगर सिंगल टोन र डबल टोन तथा टर्बो पेट्रोल गरी तीन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...