एप्पल कारप्लेको नेक्स्ट जेनेरेसन आउने घोषणा, स्क्रिनमै ड्राइभरले पाउने छन् धेरै जानकारी
एप्पलले आफ्नो एनुअल डेभलपर कन्फ्रेन्समा एप्पल कारप्लेको नेक्स्ट...
काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी, जुम्ला रोडमा आफ्नो नयाँ डिलर एम.पी. मोटोहबको शुभारम्भ गरेको छ ।
जावाले विर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगन्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो ।
अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले शोरूमको उद्घाटन गरे । उद्घाटनका क्रममा उनले जावा मोटरसाइकल शहर र राजमार्गहरुमा हाँक्नका लागि निकै आनन्ददायक भएको र नेपालमा फरक–फरक व्यक्तित्वलाई सुहाउने फरक–फरक मोडलहरू उपलब्ध भएको बताए ।
एम.पी. मोटोहबका प्रबन्ध निर्देशक रोशन तिवारीले सुर्खेत र वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा निकै उत्साहित भएको बताउँदै एक प्रमाणिक र प्रतिष्ठित ब्रान्ड जावाको पौराणिक क्लासिक, अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा सुर्खेतमा ग्राहकहरूबीच तत्काल हिट हुने कुरामा आफू विश्वस्त रहेको बताए ।
कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वीरेन्द्रनगरपालिका–३ मुलपानी, जुम्ला रोड र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का लागि सम्पर्क गर्न सक्ने छन् ।
एप्पलले आफ्नो एनुअल डेभलपर कन्फ्रेन्समा एप्पल कारप्लेको नेक्स्ट...
महिन्द्राले आफ्नो फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्ने भएको...
काठमाडौं – नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पुरा भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...