२५० सीसी क्षमताको सबैभन्दा कम मूल्यको अफरोड बाइक क्रसफायर ट्रयाकर सार्वजनिक

अफरोड अर्थात डर्ट सेग्मेन्टमा चर्चित क्रसफायरले २५० सीसी क्षमतामा सबैभन्दा कम मूल्यको बाइक सार्वजनिक गरेको छ । क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले नेपाली बजारका लागि हिजो ट्रयाकर २५० सार्वजनिक गरेको हो ।

यो बाइकको मूल्य ३ लाख ४८ हजार रुपैयाँ निर्धारण गरिएको छ । जुन बजारमा हाल उपलब्ध यही सेग्मेन्टको अन्य बाइकको तुलनामा सबैभन्दा कम मूल्यको हो । औपचारिक रुपमा सार्वजनिक गरिएसँगै यसको प्रि–बुकिङ समेत खुल्ला गरिएको छ भने ग्राहकको माग बमोजिम छिटोभन्दा छिटो डेलिभरी दिने प्रबन्ध मिलाइएको कम्पनी स्रोतले बताएको छ ।

टे«कर २५० मा सिंगल सिलिन्डर, फोर स्ट्रोक र टु भल्भ एयरकुल्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २० बीएचपी र टर्क १८.५ एनएम रहेको छ । प्रतिलिटर इन्धन खपतमा ३० किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको यो बाइकको लुक्स तथा डिजाइन समेत निकै नै आकर्षक देखिन्छ ।

अगाडि टेलिस्कोपिक र पछाडि मोनोशक सस्पेन्सन जडान गरिएको यो बाइकको ग्राउन्ड क्लियरेन्स २४० एमएम रहेको छ । अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेक दिइएको यो बाइकको कुल तौल ११५ किलोग्राम छ ।

यो बाइकको हेड र टेल लाइटमा हेलोजन बल्व जडान गरिएको छ भने इन्डिकेटरमा एलईडी लाइट दिइएको छ । सस्तो मूल्यमा आकर्षक र पावरफुल बाइक उपलब्ध गराएका कारण यसले नेपाली बजारमा छिट्टै प्रभाव जमाउने कम्पनी स्रोतको दाबी छ ।

यो बाइकले मोटरहेडको स्पोर्ट्स अफरोड २५० सँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले ‘गुरिल्ला’ ४५० नाममा नयाँ मोटरसाइकल ल्याउने

रोयल इन्फिल्डले ‘गुरिल्ला’ ४५० नाममा नयाँ मोटरसाइकल ल्याउने

रोयल इन्फिल्डले नयाँ मोटरसाइकलका लागी ट्रेडमार्क दर्ता गराएको छ ।...

जावाको आयोजनामा नगरकोट सम्म लिजेन्ड्स राइड डे आयोजना

जावाको आयोजनामा नगरकोट सम्म लिजेन्ड्स राइड डे आयोजना

काठमाडौं – नेपालमा जावा मोटरसाइकलको आधिकारिक वितरक अग्नि मोटोइंकले...

रोयल इन्फिल्डले नयाँ प्लेटफर्म विकास गर्ने, हिमालयन ४५० आउने

रोयल इन्फिल्डले नयाँ प्लेटफर्म विकास गर्ने, हिमालयन ४५० आउने

रोयल इन्फिल्डका ३५० सीसी सेगमेन्टको बाइक निकै लोकप्रिय भइरहेको समयमा अब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...