शनिबार महिन्द्रा एक्सयूभी ७०० लन्च हुने, नयाँ लोगोयुक्त एसयूभीमा हुनेछन् सुरक्षात्मक र अन्य फिचर

महिन्द्राले अल न्यु एक्स्यूभी ७०० भोलि अर्थात अगस्त १४ मा लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले सोसल मिडियामा एक भिडियो टिजर जारी गरेको छ । १५ सेकेन्डको उक्त भिडियोमा डार्क सेडका साथ गाडीको झलक देख्न सकिन्छ ।

भिडियो टिजर अनुसार यसमा स्टाइलिस एलईडी डीआरएल देख्न सकिने स्पष्ट भएको छ । यद्यपि डार्क सेडमा भएकाले यसको डिजाइन र स्पेसिफिकेसन भने धेरै थाहा हुन सक्दैन । तर पनि पहिले सार्वजनिक भएको तस्बिरका आधारमा यसमा सेगमेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक सनरुफ र सेफ्टी अलर्ट्स उपलब्ध हुने सार्वजनिक भइसकेको छ ।

महिन्द्राको यो नयाँ एसयूभीमा एडीएएस अर्थात एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमका साथ एडेप्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन, अटोनोमस ब्रेकिङ र लेन किप असिस्ट जस्ता फिचर हुनेछन् । भाइरसबाट सुरक्षाका लागि यसमा एयर प्युरिफायर, स्मार्ट डोर ह्यान्डल, अटो बुस्टर हेडल्याम्प, पर्सनलाइज्ड सेफटी अलर्ट सिस्टम आदि उपलब्ध हुनेछ । यसले ड्राइभरको अलर्टनेस पनि पत्ता लगाउने छ ।

महिन्द्रा एक्सयूभी ७०० मा २.२ लिटरको टर्बो डिजेल इन्जिन र २.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन उपलब्ध हुनेछ । डिजेल इन्जिनले लगभग १८५ बीएचपी पावर र पेट्रोल इन्जिनले २०० बीएचपी पावर जेनेरेट गर्नेछ । इन्जिनलाई म्यानुअल र अटोमेटिक ट्रान्समिसनका साथ जोडिने छ । कुनै मोडलमा अल ह्विल ड्राइभ अप्सन पनि उपलब्ध हुनेछ ।

यो एसयूभीमा महिन्द्राको नयाँ लोगो पहिलो पटक प्रयोग गरिदै छ । यो कम्पनीको नयाँ लागोयुक्त पहिलो कार समेत हुनेछ ।

सम्बन्धित समाचारहरू

मिड साइज एसयूभीमा महिन्द्रा स्कर्पियो एनको क्रेज कायमै, बजार हिस्सा ५१ प्रतिशत

मिड साइज एसयूभीमा महिन्द्रा स्कर्पियो एनको क्रेज कायमै, बजार हिस्सा ५१ प्रतिशत

भारतमा एसयूभी ‘स्पेसलिष्ट’का रुपमा परिचित महिन्द्राले मिड साइज एसयूभीमा...

स्कर्पियो एनको फेसलिफ्ट भर्सन लन्च हुने मिति नजिकिँदै, यस्तो हुनेछ विशेषता

स्कर्पियो एनको फेसलिफ्ट भर्सन लन्च हुने मिति नजिकिँदै, यस्तो हुनेछ विशेषता

महिन्द्राको सर्बाधिक सफल मोडल स्कर्पियो एनले पहिलोपटक मिडलाइफ मेकओभर...

एक्सयूभी ‘थ्रीएक्सओ’ ले बनायो वुकिङमा नयाँ रेकर्ड, १ घण्टामै ५० हजार यूनिट वुक

एक्सयूभी ‘थ्रीएक्सओ’ ले बनायो वुकिङमा नयाँ रेकर्ड, १ घण्टामै ५० हजार यूनिट वुक

काठमाडौं–महिन्द्रा एक्सयुभी ३०० को फेसलिफ्ट भर्सन थ्रीएक्सओले भारतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...