काठमाडौंमा पहिलोपटक रोयल इन्फिल्डको ‘हन्टरहुड’ आयोजना हुने
काठमाडौं – भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक...
काठमाडौं – बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयहरुमा सेवा लिनका लागि अनलाइन टोकन लिनु पर्ने भएको छ । आगामी साउन ३१ देखि लागू हुने गरी यो सेवाको प्रारम्भ गरिने छ ।
अनलाइनमार्फत पहिले नै टोकन लिएर आफूले चाहे अनुसारको सेवा लिन सकिने र टोकन नलिनेलाई सेवा प्रदान नगरिने जनाइएको छ । यसका लागि कार्यालयले एक प्रणालीको विकास गरेको छ ।
आफ्नो मोबाइल वा कम्प्युटरबाट https://visittmo.bagamati.gov.np/np क्लिक गरे पछि त्यहाँ सवारी धनीको नाम थर, सेवा लिन जाने कार्यालय, सेवाको किसिम आदि भरे पछि अनुरोध गर्नुहोस् मा क्लिक गरे पछि आएको भेरिफिकेसन कोड फारममा भरेपछि टोकन बुक हुन्छ ।
कम्प्युटरबाट टोकन प्रिन्ट गरेर वा मोबाइलमा आएको टोकन वा एसएमएस लिएर सेवाग्राहीले आफूले रोजेकोे दिनमा कार्यालयमा जानु पर्नेछ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...