चिनियाँ स्टार्टअपमा सबैभन्दा धेरै गाडी बिक्री हुने ब्रान्ड बन्यो नेटा
चिनियाँ स्टार्टअप इलेक्ट्रिक भेइकल कम्पनी नेटा सबैभन्दा धेरै बिक्री गाडी...
काठमाडौं – पठाओ कार लाइट (ट्याक्सी) को दोश्रो वार्षिकोत्सवको अवसरमा आज आज पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ ।
दिउँसो २ बजे देखि २ बजेर २ मिनेट सम्म लागू हुने अफरमा सो अवधि भित्र पठाओको मोबाइल एपमार्फत कार लाइट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले निःशुल्क ट्याक्सी चढ्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
पछिल्लो समय काठमाडौमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको संख्या पनि बढेको छ । ८ हजार कार लाइट (ट्याक्सी) आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रुपमा सेवा प्रदान गरिरहेको बस्न्यात बताउँछन् ।
क्याप्टेनले मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत व्यवस्था हुने भएकाले सुरक्षित हुने बस्न्यात बताउँछन् । पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज छ ।
कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा प्लास्टिक सिल्ड (पर्दा) समेत राखिएको छ ।
गेट देखि गेट सम्म सेवा भएकोले लोकप्रिय भैरहेको पठाओ ट्याक्सी झरीको समयमा गन्तव्य सम्म पुग्न अझ उत्तम विकल्प भएको छ । झरीमा रुझ्दै चोकमा ट्याक्सी खोज्न जान नपर्ने भएकाले मनसुनको समयमा पठाओ ट्याक्सीको लोकप्रियता अझ बढेको बस्न्यात बताउँछन् ।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो । सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।
हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको बताइएको छ ।
चिनियाँ स्टार्टअप इलेक्ट्रिक भेइकल कम्पनी नेटा सबैभन्दा धेरै बिक्री गाडी...
काठमाडौं– नेपाली बजारमा पछिल्लो समय चीनबाट आयत हुने ईलेक्ट्रिक कारको...
काठमाडौं – महिन्द्राका दुई नयाँ ईभी बीई६ र एक्सईभी ९ई नेपाली बजारमा उपलब्ध...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...