आइतबार देखि निसान गाडीको नेसनवाइड सर्भिस क्याम्प गरिने
काठमाडौं – नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
काठमाडौं – नेपाली बजारमा निकै नै रुचाइएको एसयूभी निसान म्याग्नाइटको मूल्यमा वृद्धि गरिएको छ । यसको सुरुवाती भेरिएन्ट एक्सईको मूल्य २९ लाख ४९ हजार रहेकोमा अब ३० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी सबैभन्दा टप भेरिएन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्युअल टर्बोको मूल्य ४२ लाख ७९ हजारबाट बढेर ४५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले अन्तर्राष्ट्रिय स्तरमा सेमी कन्डक्टर र अन्य पार्ट्सका कारण म्याग्नाइटको मूल्य बढिरहेको र नेपालमा समेत बढ्ने सम्भावना भएको पहिले नै बताएको थियो । कम्पनीले आज देखि लागू हुने गरी आफ्नो वेबसाइटमा समेत मूल्य परिमार्जन गरेको छ भने फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत समेत यसको जानकारी दिएको छ ।
निसान म्याग्नाइट नेपाली बजारमा राम्रो बिक्री भएको गाडी हो । नेपाली बजारमा गत फेब्रुअरी २२, २०२१ मा सार्वजनिक गरिए यता केही दिन पहिले ७४ दिनभित्र ५७८ निसान म्याग्नाइट बिक्री भइसकेको र १ हजार भन्दा बढी बुकिङ भएको जानकारी दिइएको थियो ।
पछिल्लो समयमा निसान म्याग्नाइटको प्रतिस्पर्धामा अन्य ब्रान्डका गाडी समेत लगातार रुपमा भित्रिरहेका छन् । यो अवस्थामा बढेको मूल्यको केही असर भने म्याग्नाइटमा पर्न सक्ने छ । नेपाली बजारमा उपलब्ध निसान म्याग्नाइटका सबै भेरिएन्ट र तिनको नयाँ मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
दुई इन्जिन अप्सनमा उपलब्ध सो एसयूभी विभिन्न ११ भेरिएन्टमा उपलब्ध छ । १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनमा ६ भेरिएन्ट र टर्बो इन्जिनमा ५ भेरिएन्ट उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।
सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इन्च टीएफटी डिस्प्ले छ ।
काठमाडौं – नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
निसानले विश्व बजारका लागि नयाँ मिड साइज एसयूभी ‘निसान काइट’ सार्वजनिक...
निसानले भारतीय बजारमा इन्ट्री लेभल एसयूभी सेगमेन्टमा म्याग्नाइटको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...