जेरो इन्जिनियरिङको च्यारीटी राईड–२०२५ सम्पन्न
काठमाडौं– जेरो इन्जिनियरिङ मोटरसाइकल प्रालिद्वारा आयोजित ३ दिने...
रोयल इन्फिल्डले ३५० सीसी वा त्यो भन्दा बढी पावरफुल कम्युट, एड्भेन्चर र टुरर बाइक सेगमेन्टमा ग्राहकलाई लोभ्याइरहेको छ । आउँदो समयमा कम्पनीले ग्राहकलाई सरप्राइज दिने भएको छ । कम्पनीको ४÷५ नयाँ बाइक तयारी अवस्थामा रहेको छ । यसमा रोयल इन्फिल्ड न्यु क्लासिक ३५० को साथमा रोयल इन्फिल्ड हन्टर ३५० नाम समावेश रहेको छ ।
रोयल इन्फिल्डको नयाँ बाइक हन्टर ३५० हालको लागि परीक्षणमा रहेको छ । जसको रियर र फ्रन्ट लुकको झलक देखिएको थियो । कम्पनीले केही समय पहिले रोयल इन्फिल्ड मेटियर ३५० को साथै रोयल इन्फिल्ड कन्टिनेन्टल जीटी ६५० र रोयल इन्फिल्ड हिमालयन नयाँ अवतारमा लन्च गरेको थियो । हाल कम्पनीले क्लासिक ३५० को नयाँ अवतारमा लन्च गर्न लागेको छ ।
रोयल इन्फिल्डले लामो समय देखि स्क्र्याम्बलर स्टाइलको बाइक लन्च गर्ने तयारी गरिरहेको छ । जसको सिग्नेचर डिजाइन र फिचरको झलक पनि देखिसकेको छ । हन्टर ३५० को लिक भएको फोटो अनुसार यसमा रेट्रो स्टाइल सर्कुलर हेडल्याम्प, राउन्ड भ्यु मिरर र टियर ड्रप फ्युल ट्यांकी देखिएको छ । यद्यपि हन्टरमा बाकी डिजाइन निकै फरक र अलग एक्जस्ट, सिट, टेलल्याम्प इन्डिकेटर्सको साथै हाइट पनि कम रहेको छ ।
रोयल इन्फिल्डको नयाँ बाइकमा मेटियर ३५० मा जस्तै नयाँ जे सिरिज ३४९ सीसीको एयर आयलकुल्ड इन्जिन समावेश गर्नेछ । जसले २०.२ एचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । हन्टर ३५० ५ स्पिड गियरबक्सको साथमा उपलब्ध हुनेछ साथै यसमा भाइब्रेसन रिडक्सन र ट्रिपर नेभिगेसन फिचर पनि उपलब्ध हुनेछ ।
काठमाडौं– जेरो इन्जिनियरिङ मोटरसाइकल प्रालिद्वारा आयोजित ३ दिने...
काठमाडौं – रोयल इन्फिल्डका दुई मोटरसाइकल क्लासिक ३५० बीएस६ र स्क्राम ४११...
काठमाडौं – नेपाली बजारमा रोयल इन्फिल्डको आधिकारिक वितरक बने पश्चात अल्फा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...