फोटोन मोटर्सको शाखा अब नेपालगन्ज र बुटवलमा

काठमाडौं – एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले आफ्नो नयाँ शाखाहरु नेपालगन्ज र बुटवलमा विस्तार गरेको छ । पछिल्लो समय कमर्सियल गाडीको क्षेत्रमा आक्रामक बजार विस्तार गरिरहेको फोटोन मोटर्सले नेपालगन्ज र बुटवलमा शाखा विस्तार गरेको हो ।

नयाँ शाखाबाट फोटोन ब्रान्डका कमर्सियल गाडीहरुको जानकारी लिन, टेस्ट ड्राइभ तथा खरिद गर्न पाइने कम्पनीका सेल्स हेड नविन आचार्यले जानकारी दिए । उनका अनुसार यहाँबाट सेवाग्राहीले फोटोन गाडीका जेन्युइन पार्ट्स पाइनुका साथै पार्ट्स सम्बन्धी सम्पूर्ण जानकारीहरु र आफूलाई आवश्यक पाटर््सहरुको अवलोकन गर्न सकिन्छ ।

त्यति मात्र नभएर फोटोन गाडी बनाउँदा कहाँ र कुन मेकानिक्स उपयुक्त हुन्छ त्यसको बारेमा पनि सल्लाह सुझाव दिने गर्दछ । साथै देशका अन्य विभिन्न स्थानमा पनि आफ्नो शाखा छिट्टै खुल्ने आचार्यले जनकारी गराए ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले फोटोन ब्रान्डका पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९–सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६–सिट क्षमताको भ्यान भ्यु सीएस२ सहित विभिन्न प्रकारका एम्बुलेन्सको कारोबार गर्दै आएको छ ।

यसका साथै कम्पनीले छिट्टै फोटोन ब्रान्डका अन्य गाडीहरु भित्र्याउने समेत जानकारी गराएको छ ।

सम्बन्धित समाचारहरू

पोखरामा खुल्यो जिपको ‘प्रिमियम’ सोरुम

पोखरामा खुल्यो जिपको ‘प्रिमियम’ सोरुम

पोखरा – नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले...

म्याग्नाइट र कुशाकको सफलता, जसले अनिश्चित बनिसकेको ब्रान्डलाई बनायो स्थापित

म्याग्नाइट र कुशाकको सफलता, जसले अनिश्चित बनिसकेको ब्रान्डलाई बनायो स्थापित

नेपाली अटोबजारमा अहिले २ दर्जन बढी ब्रान्डका सवारीसाधन आयात भैरहेका छन् ।...

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडा स्लाभिया सेडान भारतमा वर्ल्ड प्रिमियर गरिएको छ । हाल बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...