रेनोले हाइड्रोजन कार ल्याउने, सार्वजनिक ग-यो कन्सेप्टको पहिलो टिजर
रेनोले आगामी दिनमा कन्सेप्ट कारको टिजर इमेज सार्वजनिक गरेको छ । हेर्दा...
काठमाडौं – रेनोको हालै नेपाली बजारमा भित्रिएको गाडी काइगर एसयूभीको -याली सम्पन्न भएको छ । राइड विथ काइगर नामक सो -याली टेकुस्थित रेनो सर्भिस सेन्टरबाट प्रारम्भ भएर भक्तपुरको नयाँ सोरुम हुँदै धुलिखेलको मिराबेल रिसोर्ट पुगेको थियो ।
शुक्रबार सम्पन्न सो -यालीमा कम्पनीका प्रतिनिधि र विभिन्न सञ्चारकर्मीहरुको सहभागिता थियो । सहभागीहरुले रेनो काइगर एसयूभी टच एन्ड फिल गर्नुका साथै यस वारेमा अन्तरक्रिया समेत गरेका थिए । टेस्ट ड्राइभ समेत सम्पन्न भएको थियो ।
सो अवसरमा रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सका जनरल म्यानेजर अधिरकुमार श्रेष्ठले रेनो काइगर र सो कार्यक्रमको वारेमा जानकारी प्रदान गरेका थिए ।

रेनो काइगर हालै नेपाल भित्रिएको एसयूभी हो । रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा विकसित गरिएको सब फोर मिटर एसयूभी हो । यसमा भएको १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । रेनो क्विडबाट प्रेरित एसयूभी रेनो काइगरमा १६ इन्चको अलोय ह्विल दिइएको छ।
यसलाई नर्मल, इको र स्पोर्ट गरी तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ । रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ ।

त्यसैगरी यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ जसले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्दछ । यसका साथै काइगरमा ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका फिचर पनि पाउन सकिन्छ ।
६ कलर अप्सनमा उपलब्ध हुने रेनो काइगरको मूल्य २८ लाख ४९ हजार देखि ३७ लाख ६९ हजार रुपैयाँ सम्म तोकिएको छ ।
रेनोले आगामी दिनमा कन्सेप्ट कारको टिजर इमेज सार्वजनिक गरेको छ । हेर्दा...
निसान र रेनोको सहकार्यमा भारतमा १३ वर्षभित्र २५ लाख कार उत्पादन भएका छन् ।...
रेनोले पहिलो पटक आफ्नो आगामी कार नयाँ डस्टर सार्वजनिक गरेको छ । कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...