ब्याज नलाग्ने स्किममा बेनेली बाइक, १ लाखसम्म नगद छुट पनि
बेनेली बाइकको नेपालका लागि अधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ्गले...
काठमाडौं – नेपाली बजारमा सीएफमोटो १५० एनके मोटरसाइकल दुई नयाँ कलर भेरिएन्ट सहित उपलब्ध भएको छ । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक अन्ना इन्टरनेसनल प्रालिले ग्रे र ब्लु गरी दुई कलर अप्सनमा यो मोटरसाइकल उपलब्ध गराएको हो ।
यो मोटरसाइकलको मूल्य समेत पहिलेको तुलनामा १४ हजार रुपैयाँले वृद्धि भई ३ लाख ३५ हजार ५ सय रुपैयाँ पुगेको छ ।
१५० एनकेमा १४९ सीसी सिगंल सिलिन्डर, लिक्विडकुल्ड इएफआई इन्जिन रहेको छ, जसले १४ बीएचपी पावर तथा १२.२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पिडको ट्रान्समिसन रहेको यो बाइक १० लिटरको क्षमताको फ्यूल ट्यांक रहेको छ । सीएफमोटो १५०एनके बाइकमा अल डिजिटल डिस्प्ले, स्टाइलिस एलईडी डीआरएल, ईएफआई तथा ईसीयू सिष्टम र विभिन्न प्रकारका राइडिङ मोड उपलब्ध छ ।
आकर्षक सार्प लुक्स भएको यो बाइकमा एग्रेसिब हेडल्याम्प, दुई पिस सिट, लो पोजिसन राइडर सिट, स्पोर्ट्स तथा इकोनोमी राइडिङ अप्सन, ४० किलोमिटर माइलेज जस्ता बिशेषता रहेको छ । मोटरसाइकलमा सुरक्षालाई मध्यनजर गर्दै फ्रन्टमा २९२ एमएमको ट्विन पिस्टन क्यालिपर र रियरमा २२० एमएमको सिंगल पिस्टन क्यालिपर ब्रेक दिइएको छ । १५० एनकेको फ्रन्टमा यूएसडी टेलिस्कोप फ्रर्क र रियरमा सिंगल मोनेशक रहेको छ ।
युरो फाइभ मापदण्डमा आधारित इन्जिन भएको यो बाइकमा चेन स्पोकेट, मिरर र एक्जस्ट सिस्टम पहिले भन्दा रिफाइन भएर आएको छ ।
कम्पनीले सीएफमोटो २५० एनकेको मूल्यमा पनि १५ हजार रुपैयाँले वृद्धि गरेको छ । अब यसको मूल्य ५ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको छ ।
बेनेली बाइकको नेपालका लागि अधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ्गले...
बेनेलीले एड्भेन्चर राइड ‘नक्साल टु सकुटे’ सम्पन्न गरेको छ । राइड...
काठमाडौं – नेपाली बजारमा पहिलो पटक इटालियन रेट्रो स्कुटर सार्वजनिक गरिने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...