यस्ता छन् आज नेपालमा लन्च भएको रोयल इन्फिल्ड मेटियर ३५० का सात विशेषता

नेपाली बजारमा आज रोयल इन्फिल्ड मेटियर ३५० मोटरसाइकल लन्च भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले सो मोटरसाइकल नेपाली बजारमा ल्याएको हो । विवेक अटोमोबाइल्सको देशभर रहेका १९ वटै शाखा तथा डिलरहरु मार्फत आगामी साउन १४ देखि बुकिङ तथा बिक्री वितरण शुरु हुनेछ ।

भारतीय बजारमा पहिले नै लन्च भइसकेको र इन्डियन मोटरसाइकल अफ द इयर अवार्ड समेत प्राप्त गर्न सफल यो मोटरसाइकल नेपाली बजारमा समेत लोकप्रिय बन्ने अनुमान गरिएको छ ।

लुक र स्टाइल
रोयल इन्फिल्ड मेटियर ३५० को लुक र डिजाइन थन्डरवर्डको झलक देख्न सकिन्छ तर थन्डरवर्डसँग केही पनि समानता भने छैन । यसको लुक बोल्ड र मस्कुलर स्टाइलको रहेको छ । सो बाइकमा फराकिलो ट्यांकी र ह्यान्डलबार समावेश गरिएको छ । जसले बाइक राइडरलाई राइड गर्न निकै सजिलो बनाउँछ । सो बाइकमा राइडरको सिट स्प्लिट र कन्फर्टेबल रहेको छ साथै को–राइडरको लागि ब्याकरेस्ट पनि रहेको छ ।

इन्जिन
मेटियर ३५० मा पावर दिनका लागि ३४९ सीसीको सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले ६१०० आरपीएममा २०.२ बीएचपीको पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ । बीएस६ संस्करण अन्तर्गत क्रुजर सेगमेन्टको यो मोटरसाइकलमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम (ईएफआई) छ भने थप सुरक्षाको लागि ड्युअल च्यानल एबीएस पनि राखिएको छ । यस मोटरसाइकलमा टर्न टु टर्न नेभिगेसनको लागि गुगलसँगको साझेदारीमा बनाइएको ट्रिपर पोड र मोबाइल फोन चाजिङका लागि यूएसबी चाजिङ पोर्ट पनि समाबेश गरिएको छ ।

फिचर
सो बाइकमा ड्युअल च्यानल एबीएस सिस्टमको साथमा फ्रन्ट र रियरमा डिस्क ब्रेक समावेश छ । सो बाइकको टप भेरिएन्ट सुपरनोभामा प्रिमियम सिट उपलब्ध रहेको छ ।

मेकानिकल
सो बाइक ६ स्टेप एडजस्टेबल ड्युअल रियर सकर्सको साथमा ४१ एनएम टेलिस्कोपिक र फ्रन्टमा १३० एमएम फोर्क्स समावेश गरेको छ । फ्रन्टमा १००/९० टायर र रियरमा १४०/७० टायर उपलब्ध रहेको छ । सो बाइकको रियरमा ट्वीन ट्युब सक एबजर्बर रहेको छ । रोयल इन्फिल्ड मेटियर ५ ट्रान्समिसन गियरबक्स रहेको छ ।

इन्स्ट्रयुमेन्ट क्लस्टर
सो बाइकमा इन्स्ट्रयुमेन्ट क्लस्टर नै मुख्य कुरा हो । यसमा दुई पोड इकाई जसमा एउटा ठूलो र एउटा सानो रहेको छ । सस्पेन्सनको लागि अगाडि टेलिस्कोपिक फोर्क, ट्वीन साइड रियर सक एब्जर्बर समावेश गरेको छ । यसमा स्पिडोमिटर, गियर इन्डिकेटर, ट्रिप मिटर, ओडोमिटर, फ्युल लेवल इन्डिकेटर जस्ता फिचर रहेको छ । साथै ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन र यूएसबी चार्जिङ पनि समावेश गरेको छ ।

मूल्य
सो बाइक तीन भेरिएन्टमा उपलब्ध रहेको छ । फायरबल, स्टेलर र सुपरनोभा गरी तीन भेरिएन्टमा उपलब्ध हुने सो मोटरसाइकलको मूल्य भेरिएन्ट अनुसार क्रमशः ६ लाख, ६ लाख १७ हजार र ६ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।

कलर
मेटियर ३५० सात कलर अप्सनमा उपलब्ध रहेको छ । यसमा फायरबल येल्लो, फायरबल रेड, स्टेलर रेड मेटेलिक, स्टेलर ब्ल्याक मेट, स्टेलर ब्लु मेटेलिक, सुपरनोभा ब्राउन र सुपरनोभा ब्लु समावेश रहेको छ । नेपाली बजारमा फायरबलको २, स्टेलरको ३ र सुपर नोभाको २ आधिकारिक कलर उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा अब रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन, मूल्य ५ लाख ५५ हजार ७ सय

नेपाली बजारमा अब रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन, मूल्य ५ लाख ५५ हजार ७ सय

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

लाङटाङ राष्ट्रिय निकुञ्जसम्म एप्पल फार्म राइड आयोजना हुने

लाङटाङ राष्ट्रिय निकुञ्जसम्म एप्पल फार्म राइड आयोजना हुने

रोयल इन्फिल्डको प्रायोजनमा काठमाडौं लिजेन्ड्सले लाङटाङ राष्ट्रिय...

फेरि देखियो प्रोडक्सन रेडी जस्तै देखिने रोयल इन्फिल्ड हिमालयन ४५०

फेरि देखियो प्रोडक्सन रेडी जस्तै देखिने रोयल इन्फिल्ड हिमालयन ४५०

रोयल इन्फिल्डले आगामी दिनमा बजारमा ल्याउने तयारी गरिरहेको बाइक हिमालयन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...