महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुँदै, गाडीको ३० प्वाइन्ट चेकअप गरिने

काठमाडौं – महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले आगामी साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ ।

महिन्द्राका सम्पूर्ण फोर ह्विलर गाडीहरुको ३० प्वाइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको उक्त सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गरिएको उक्त सर्भिस क्याम्पमा गाडीको ३० प्वाइन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ ।

महिन्द्रा मनसुन सर्भिस क्याम्प नेपालभरका सम्पूर्ण आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन गरिने छ । क्याम्पमा सहभागी भई भरपुर फाइदा लिनका लागि ग्राहकहरुले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ गर्नु पर्नेछ । यसका लागि टोल फ्री नम्बरहरु १६६००१००२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा पनि सम्पर्क गर्न सकिने बालाजु अटो वर्क्सले बताएको छ ।

सम्बन्धित समाचारहरू

लन्च हुनुअघि नै सार्वजनिक भयो महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी

लन्च हुनुअघि नै सार्वजनिक भयो महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी

महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने इलेक्ट्रिक कार एक्सयूभी डट ई८ को...

महिन्द्रालाई उछिनेर दोस्रो स्थानमा उक्लियो टाटा मोटर्स

महिन्द्रालाई उछिनेर दोस्रो स्थानमा उक्लियो टाटा मोटर्स

सेप्टेम्बर महिनामा बिक्रीको हिसाबले टाटा मोटर्स दोस्रो ठूलो कार निर्माता...

नयाँ अवतारमा महिन्द्रा एक्सयूभी ७एक्सओ लन्च, जनवरीदेखि डेलिभरी सुरु

नयाँ अवतारमा महिन्द्रा एक्सयूभी ७एक्सओ लन्च, जनवरीदेखि डेलिभरी सुरु

महिन्द्राले आफ्नो नयाँ मिड साइज एसयूभी महिन्द्रा एक्सयूभी ७एक्सओ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...