स्कोडा कुशाकको स्निक प्रिभ्यु, यस्तो छ हालै नेपाल भित्रिएको एसयूभी

काठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आज स्कोडा कुशाकको स्निक प्रिभ्यु इभेन्ट सम्पन्न गरेको छ । भोलिदेखि टेस्ट ड्राइभ गर्न सकिने सो एसयूभी औपचारिक लन्च हुन भने बाँकी छ ।

एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध हुने स्कोडा कुशाक सबै गरी ५ भेरिएन्टमा उपलब्ध हुनेछ । स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

रोबस्ट र मस्कुलर लुक रहने कुशाकले नेपाली एसयूभीप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ । कुशाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फगल्याम्प हुनेछ । साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल छ । साथै पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, -याप–अराउन्ड एलडी टेललाइट छ ।

यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन छ । यसमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि छ ।

सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि छ । साथै इएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि छ ।

स्कोडा कुशाकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन छ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्छ, जुन सेग्मेन्टमै सबैभन्दा बढी हो । टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

डीप ब्ल्याक कलरमा आयो स्कोडा कुशाक र स्लाभिया

डीप ब्ल्याक कलरमा आयो स्कोडा कुशाक र स्लाभिया

स्कोडाले आफ्नो लोकप्रिय एसयुभी कुशाक र सेडान कार स्लाभियालाई नयाँ एडिसनमा...

ग्रेटवाल मोटरका गाडी किन्दा ४ लाख बराबरको लाभ पाइने

ग्रेटवाल मोटरका गाडी किन्दा ४ लाख बराबरको लाभ पाइने

काठमाडौं – ग्रेटवाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा...

ह्यावल जोलियन मोडलमा आकर्षक फिचर सहितको टप भेरिएन्ट नेपाल ल्याउँदै भीजी इम्पेक्स

ह्यावल जोलियन मोडलमा आकर्षक फिचर सहितको टप भेरिएन्ट नेपाल ल्याउँदै भीजी इम्पेक्स

काठमाडौं – नेपालमा ग्रेटवाल र ह्यावलका गाडीहरु बिक्री–वितरण गरिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...