काठमाडौंमा पहिलोपटक रोयल इन्फिल्डको ‘हन्टरहुड’ आयोजना हुने
काठमाडौं – भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक...
हिरो मोटोकर्पले भारतीय बजारमा आधुनिक कनेक्टिभिटी भएको माएस्ट्रो एज १२५ स्कुटर लन्च गरेको छ । सो स्कुटर यो सेगमेन्टमा प्रोजेक्टर एलईडी हेडल्याम्प, फुली डिजिटल स्पिडोमिटर, ब्लुटुथ कनेक्टिभिटी विद कल अलर्ट, टर्न बाई टर्न नेभिगेसन भएको पहिलो स्कुटर हो । सो स्कुटरको ड्रम भेरिएन्टको एक्स शोरुम मूल्य ७२ हजार २५० भारु र डिस्क भेरिएन्टको मूल्य ७९ हजार ७५० भारु रहेको छ ।
सो स्कुटरमा १२४.६ सीसी बीएस६ मापदण्डयुक्त प्रोग्राम्ड फ्युल इन्जेक्सन इन्जिन समावेश गरिएको छ । साथै सो स्कुटरमा एक्ससेन्स टेक्नोलोजी उपलब्ध रहेको छ । सो इन्जिनले ७००० आरपीएममा ९ बीएचपी पावर र ५५०० आरपीएममा १०.४ एनएम टर्क जेनेरेट गर्छ ।
नयाँ माएस्ट्रो एज १२५ मा नयाँ शार्प हेडल्याम्प, शार्प फ्रन्ट डिजाइन, नयाँ स्पोर्टी डुअल टोन स्ट्राइप प्याटर्न, मास्क्ड विंकर्स र नयाँ प्रिज्मेटिक कलर सहित अन्य केही परिवर्तन गरिएको छ ।
स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी भएको डिजिटल स्पिडोमिटर समावेश गरिएको छ । जसको डिस्प्लेमा टर्न बाइ टर्न नेभिगेसन, मिस्ड कल अलर्ट, इनकमिङ कल अलर्ट, आरटीएमआई, ईको इन्डिकेटर जस्ता डिटेल डिस्प्ले गर्छ ।
हिरो कनेक्टमा ८ महत्वपूर्ण फिचर जस्तै टपल अलर्ट, थेफ्ट अलर्ट, फाइन्ड माई पार्किङ, ट्रयाक माई भेइकल, ट्रिप एनालिसिस जस्ता फिचर पनि समावेश रहेको छ ।
सो स्कुटर नयाँ प्रिज्मेटिक येलो र प्रिज्मेटिक पर्पल रङमा उपलब्ध रहेको छ । यसका साथै अन्य ४ कलरमा उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...