निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख जरिवाना हुने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत जेठ ८ गते मध्यराति...
काठमाडौं – सार्वजनिक यातायातको नवीकरण आगामी साउन मसान्त सम्म गर्न सकिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक यातायातको जाँचपास, प्रदूषण जाँचपास र रुट इजाजत पत्रको नवीकरणको म्याद यही साउन मसान्तसम्मका लागि थप गरेको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार २०७८ वैशाख १६ गतेदेखि विभिन्न मितिमा जाँचपास, प्रदूषण जाँचपास र रुट इजाजतपत्रको म्याद सकिएका सार्वजनिक यातायातका साधनहरूले उक्त सुविधा पाउनेछन् ।
सरकारले गत वैशाख १६ गतेदेखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञाको बेला मानिसहरूको धेरै भीड हुने यातायातलगायतका अधिकांश सरकारी कार्यालयहरू बन्द गरिएका थिए । यातायात कार्यालय त लामो समय बन्द हुँदा कुनै पनि काम भएका थिएन ।
राजधानी र विभिन्न जिल्लाहरुमा समेत पूर्ण रुपमा यातायात सञ्चालनमा आउन नसकेको र साउन लागेपछि सार्वजनिक यातायात सञ्चालनमा केही सहजता भएको कारण साउन मसान्तसम्मको म्याद दिएर नवीकरण गर्न भौतिक मन्त्रालयले सूचना प्रकाशित गरेको हो ।
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत जेठ ८ गते मध्यराति...
काठमाडौं उपत्यका र देशका धेरै स्थानमा जारी निषेधाज्ञा केही खुकुलो गरिएको...
सामान्य अवस्थामा समेत मुखमा लगाइने मास्क अब भने सवारी साधन चलाउनका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...