महिन्द्रा एक्सयुभी ७०० को नयाँ सेफ्टी फिचर : चालक निदाएपछि दिनेछ सावधान सूचक सन्देश

महिन्द्राको नयाँ प्रिमियम एसयूभी एक्सयुभी७०० आधिकारिक रुपमा डेब्यू गर्ने भएको छ । कम्पनीले हरेक हप्ता सो एसयूभीको नयाँ टिजर भिडियो सार्वजनिक गरिरहेको छ । जसमा यसको सेगमेन्ट–फर्स्ट फिचर खुलासा गर्ने गरेको छ । हालै जारी गरिएको एसयुभीको नयाँ टिजर अनुसार चालक ड्राइभ गर्दा गर्दै निदाएमा सो एसयूभीले नोटिस गरी चालकलाई धक्का दिने फिचर समावेश गरिएको छ ।

कम्पनीले महिन्द्रा एक्सयूभी७०० मा अटो बुस्टर हेडल्याम्प, सेगमेन्टको सबैभन्दा ठूलो प्यानोरमिक सनरूफ, स्मार्ट ह्यान्डल र व्यक्तिगत सुरक्षा सतर्कता रहेको छ । तीन पंक्ति एसयूभी मर्सिडिज बेन्जबाट प्रेरित डुअल स्क्रिन इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रयुमेन्ट, लामो दुरीको लागि हेडल्याम्प बिम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्राइभ मोड, वायरलेस कनेक्टिभिटी, एडीएएसका साथै अन्य फिचर पनि समावेश गरिएको छ ।

सो एसयूभीमा आकर्षक ग्रिल, नयाँ एलईडी डीआरएलको साथमा नयाँ डिजाइनको सी आकारको हेडल्याम्प, स्मार्ट ह्यान्डल र एलईडी टेलल्याम्प समावेश गरिएको छ । यो गाडी ६ र ७ सिट कन्फिगरेसनको साथमा उपलब्ध हुनेछ । यसको ६ सिटर एडिसनलाई आउँदो वर्ष नयाँ जेनेरेसनको महिन्द्रा एक्सयूभी५०० को रूपमा पेश गर्ने सम्भावना रहेको छ । नयाँ ५ सिटर एक्सयूभी५००, हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशांक र फक्सवागनको टाइगुनसँग प्रतिस्पर्धा गर्नेछ ।

महिन्द्रा एक्सयूभी७०० मा पेट्रोल र डिजेल इन्जिनको विकल्प रहेको छ । एक्सयूभी७०० पेट्रोल भेरिएन्टमा नयाँ २.०एल टर्बोचार्ज्ड मोटर समावेश गरिएको छ, जसले २०० बीएचपी पावर जेनेरेट गर्छ । सो एसयूभीको डिजेल भेरिएन्टमा २.२ एल एमहर्क युनिट रहेको छ, जसले १८५ बीएचपीको पावर जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले थार एसयूभी इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राले थार एसयूभी इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राको थार गाडीको ठूलो क्रेज छ । महिन्द्राले अब थारको इलेक्ट्रिक...

महिन्द्राले देखायो इलेक्ट्रिक एसयुभीका लागि तयार पारिएको नयाँ इन्टेरियर

महिन्द्राले देखायो इलेक्ट्रिक एसयुभीका लागि तयार पारिएको नयाँ इन्टेरियर

महिन्द्राले पहिलोपटक आफूले तयार गर्न गैरहेको इलेक्ट्रिक एसयुभी...

महिन्द्राको नयाँ अफ-रोड एसयूभी थार रक्स लन्च, फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्ने

महिन्द्राको नयाँ अफ-रोड एसयूभी थार रक्स लन्च, फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्ने

महिन्द्रा एण्ड महिन्द्राले थार रक्स भारतीय बजारमा लन्च गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...