ट्राफिक कारवाहीमा परेका कागजपत्रको जानकारी अब एसएमएसबाटै लिन सकिने

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालकसँग कारवाहीका लागि लिएका विभिन्न कागजपत्रहरुको जानकारी अब एसएमएसबाटै लिन सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसका लागि जानकी टेक्नोलोजीले तयार पारेको डकुमेन्ट ट्र्याकिङ्ग सिस्टम (DTS) मोबाइल एसएमएस मार्फत जानकारी लिन सकिने सेवा आजदेखि शुरु गरेको छ ।

आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा Echalan स्पेस आर्थिक वर्ष स्पेस Chit Number टाईप गरी ३४००१ मा म्यासेज पठाएर तुरुन्त जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

डकुमेन्ट ट्र्याकिङ्ग सिस्टमले मोबाइल एसएमएसमार्फत तुरून्त पुस म्यासेज सेवाग्राहीलाई पठाउने गर्दछ, सोही अनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ, कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाइन १०३ व्स्त हुने हुनाले समेत समस्या हुने गरेको थियो, तर आजदेखि भने एसएमएस सिस्टमले सहज हुने विश्वास रहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले बताए ।

उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरेता पनि १७ ट्राफिक कार्यालयबाट मात्र नियमानुसार कागजपत्र लिन सकिने व्यबस्था भएका कारण कतिपय टाढाबाट आउने चालकहरुलाई पर्ने गरेको असुबिधालाई सहज बनाउन यो सेवा प्रभावकारी हुने बिश्वास महाशाखाले लिएको छ ।

सम्बन्धित समाचारहरू

ग्वार्को ओभरपास प्रयोग गर्दा र तस्बिर, भिडियो लिदा यसरी अपनाऔं सावधानी

ग्वार्को ओभरपास प्रयोग गर्दा र तस्बिर, भिडियो लिदा यसरी अपनाऔं सावधानी

गत असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट समुदघाटन भई सञ्चालनमा रहेको...

देशभर सवारी साधनमा क्षति, अटो हबको रुपमा परिचित थापाथलीका शोरुममा आगलागी

देशभर सवारी साधनमा क्षति, अटो हबको रुपमा परिचित थापाथलीका शोरुममा आगलागी

काठमाडौं – देशभरका विभिन्न स्थानमा भएका आन्दोलनको क्रममा अटोमोबाइल...

ट्राफिक प्रहरीको विशेष चेकिङ : ध्वनी प्रदूषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा

ट्राफिक प्रहरीको विशेष चेकिङ : ध्वनी प्रदूषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदूषण गराउने ५२ वटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...