रेनो काइगर भयो नेपालमा सार्वजनिक : मूल्य २८.४९ देखि ३७.६९ लाख सम्म

काठमाडौं – नेपाली बजारमा रेनोको बहुप्रतीक्षित एसयूभी रेनो काइगर सार्वजनिक भएको छ । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले एक भर्चुअल कार्यक्रममार्फत रेनो काइगर सार्वजनिक गरेको हो ।

रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा विकसित गरिएको सब फोर मिटर एसयूभी हो । रेनो काइगर १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । रेनो क्विडबाट प्रेरित एसयूभी रेनो काइगरमा १६ इन्चको अलोय ह्विल दिइएको छ।

यसलाई नर्मल, इको र स्पोर्ट गरी तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ । रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ । त्यसैगरी यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ जसले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्दछ । यसका साथै काइगरमा ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका  फिचर पनि पाउन सकिन्छ ।

६ कलर अप्सनमा उपलब्ध हुने रेनो काइगरको मूल्य २८ लाख ४९ हजार देखि ३७ लाख ६९ हजार रुपैयाँ सम्म तोकिएको छ ।

सम्बन्धित समाचारहरू

असार ३१ गते नेपाली बजारका लागि रेनो काइगर सार्वजनिक हुने

असार ३१ गते नेपाली बजारका लागि रेनो काइगर सार्वजनिक हुने

काठमाडौं – आगामी असार ३१ गते बिहीबार नेपाली बजारमा रेनो काइगर सार्वजनिक...

अस्ट्रेलियन एनक्यापले गरेको क्र्यास टेष्टमा हाभल एच६ ले पायो ५ स्टार रेटिङ

अस्ट्रेलियन एनक्यापले गरेको क्र्यास टेष्टमा हाभल एच६ ले पायो ५ स्टार रेटिङ

अस्ट्रेलियन एनक्यापले गरेको क्र्यास टेस्टमा ग्रेटवाल मोटर्सको हाभल एच६...

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अब केही नयाँ ब्रान्ड र मोडलका कार खरिद गर्ने सोच बनाउनु भएको छ भने तपाईका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...