नयाँ मोडल भित्रिएसंँगै जिप कम्पास खरिद गर्ने ग्राहक संख्यामा वृद्धि

अमेरिकन आइकनिक ब्रान्ड जिप कम्पासको नयाँ फेसलिफ्ट मोडल नेपाल भित्रिएसँगै हाल उक्त गाडी खरिद गर्ने ग्राहकको संख्या वृद्धि भइरहेको छ । कम्पास फेसलिफ्ट गत हप्ताको सोमबार लन्च गरिएको थियो ।

भारतमा कोरानोको दोस्रो लहरले महामारीको रुप लिएपछि जिपले केही समयका लागि उत्पादन नै रोकेको थयो । जसको असर नेपाली बजारमा समेत पर्न गएको थियो । बीचको केही समय आयात रोकिंदा ग्राहकले बुकिङ लिएर बस्नु परेको कम्पनीका ब्रान्ड एन्ड कम्युनिकेसन म्यानेजर रमेश दनेखुले बताए । तर पछिल्लो समय कम्पनीले आफ्नो उत्पादन लाइनलाई निरन्तरता दिन थालेका कारण आपूर्तिमा सहज हुन थालेकोे उनको भनाइ छ ।

‘नयाँ मोडल भित्रिएको एक साता अवधिमा डेढ दर्जन बढी कम्पास डेलिभरी भैसकेको र अझै १ दर्जन बढी डेलीभरी गर्ने क्रममा छौ’ उनले भने, ‘लकडाउन शुरु हुनुअघिबाटै बुकिङ लिएका एवम् खरिद गर्न इच्छुक ग्राहक अहिले शोरुम आउन थालेका कारण शोरुमलाई नयाँ गाडी डेलीभरी गर्न हम्मेहम्मे परेको छ ।’ हाल दैनिक सरदर ३ युनिटका दरले डेलीभरी भइरहेको उनले जानकारी गराए ।

भिन्न ८ भेरिएन्टमा उपलब्ध जिपको सबै भेरिएन्ट र कलर अप्सन भने तत्कालका लागि उपलब्ध नभएका कारण केही भेरिएन्ट र कलर अप्सनका लागि भने ग्राहकले कुनुपर्ने अबस्था रहेको उनको भनाइ छ ।

सन् २०१८ को नाडा अटो शोमा सार्बजनिक गरिएको जिपले त्यसयता निरन्तर रुपमा राम्रो कारोबार गर्दै आइरहेको छ । अझ भन्नुपर्दा अन्य ब्रान्डका प्रिमियम सेगमेन्टको कारोबार प्रभाबित बन्दा समेत जिपको कारोबार उत्कृष्ट नै रहेको थियो ।

नेपाली बजारमा जिपका कम्पास, कम्पास ट्रेलहक, ¥यांगलर र ग्रान्ड चेरोकी सहित ४ मोडल उपलब्ध भएपनि सर्बाधिक बिक्री हुने मोडलमा कम्पास अघि छ । यो एसयूभीको मूल्य ८४ लाख ९० हजारदेखि शुरु भएर १ करोड ३६ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।

महंगो र प्रिमियम ब्रान्ड भएका कारण नेपालमा यसका ग्राहक समेत सीमित मात्रामा भएपनि १ करोडमाथि रेन्जको बजारमा जिपले नेतृत्वदायी भुमिका खेल्दै आइरहेको छ । यो ब्रान्ड नेपाल भित्रिए यता हालसम्म कुल ४ सय ५० युनिट बिक्री भैसकेको छ ।

सम्बन्धित समाचारहरू

तीन महिनामा शतप्रतिशत बढ्यो जिप कार आयात

तीन महिनामा शतप्रतिशत बढ्यो जिप कार आयात

काठमाडौं – आयात निर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज...

चर्चामा दुई चाइनिज पिकअप ब्रान्ड, यस्तो छ मूल्य र फिचर्स

चर्चामा दुई चाइनिज पिकअप ब्रान्ड, यस्तो छ मूल्य र फिचर्स

पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त सामान राख्न...

डीप ब्ल्याक कलरमा आयो स्कोडा कुशाक र स्लाभिया

डीप ब्ल्याक कलरमा आयो स्कोडा कुशाक र स्लाभिया

स्कोडाले आफ्नो लोकप्रिय एसयुभी कुशाक र सेडान कार स्लाभियालाई नयाँ एडिसनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...