भारतमा स्कोडा कुशाकको डेलिभरी प्रारम्भ, प्रतीक्षामा नेपाली ग्राहक

चेक कार निर्माता कम्पनी स्कोडा कुशाकको भारतमा डेलिभरी प्रारम्भ भएको छ । गत जुन २८ मा लन्च गरिएको ५ सिटर कम्प्याक्ट एसयूभी स्कोडा कुशाक कम्पनीको अपेक्षा मुताबिक नै बुकिङ भएको कम्पनीले बताएको छ ।

स्कोडा अटोले भारतमा १० दिनमै २ हजार ५ सय बुकिङ हासिल गर्न सफल भएको छ । नेपाली बजारका लागि स्कोडा कुशाकको बुकिङ प्रारम्भ भइसकेको छ । नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले साउन महिनामा सो एसयूभी नेपाली बजारमा उपलब्ध गराउने बताइसकेको छ ।

भारतमा समेत हाल १.० लिटर टीएसआई इन्जिनयुक्त स्कोडा कुशाक डेलिभरी हुँदैछ । नेपाली बजारमा पनि यही स्कोडा कुशाक उपलब्ध हुने बताइएको छ ।

स्कोडा कुशाक तीन भेरिएन्ट एक्टिभ, एम्बिसन र स्टाइलमा उपलब्ध हुनेछ । यी मध्ये सबैभन्दा बढी अर्थात ४० प्रतिशतले एम्बिसन भेरिएन्ट बुकिङ गरेको बताइएको छ ।

कुशाक संस्कृत शब्द हो र यसको अर्थ राजा वा सम्राट हुन्छ । यद्यपि यो कारले आफ्नो क्षमता र पर्फमेन्सका आधारमा राजा वा सम्राट बन्छ वा बन्दैन भन्ने कुरा थाहा पाउन भने केही समय पर्खिनु पर्नेछ ।

स्कोडा क्शाकको लुक निकै नै बोल्ड र मोडर्न छ । यसको फराकिलो ग्रिलमा सानदार दोहोरो स्लेटको प्रयोग गरिएको छ । यसको फ्रेम र स्लेट एलईडी क्रिस्टलले बनेको छ भने एलईडी लाइटले यसमा थप निखारता ल्याउछ । एलईडी हेडलाइट, एलईडी हाई बिम र एल आकारको एलईडी लाइटले गाडीमा थप सुन्दरता थपेको छ । एलईडी फगलाइट ,जालीदार एयर इन्लेट र आल्मुनियम फ्रन्ट स्पोइलर आदिका कारण गाडीको डिजाइनमा निखारता ल्याएको छ ।

यसको इन्टेरियर ठूलो र स्पेसियस छ । यसमा १० इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ भने स्मार्टफोन कनेक्टिभिटी, कनेक्टेड कार टेक्नोलोजी र अन्य विभिन्न फिचर उपलब्ध छन् । एम्बिएन्ट लाइटिङ, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस चार्जिङ, कुल्ड ग्लोब बक्स, ६–स्पिकर र ५० वाट सबउफर, इन्टरनल मेमोरी स्टोरेज, वायरलेस स्मार्टलिंक, एन्ड्रोइड अटो, एप्पल कारप्ले, टाइप सी यूएसबी पोर्ट र माई स्कोडा कनेक्ट एप जस्ता फिचर यसमा उपलब्ध छन् ।

स्कोडा कुशाकको टप स्पेकमा ६ एयरब्याग, आइएसओएफआईएक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टी कोलिजन ब्रेकिङ सिस्टम जस्ता सेफ्टी फिचर उपलब्ध छन् ।

स्कोडा कुशाकमा पाँच कलर अप्सन उपलब्ध हुने छन् । यसको टप भेरिएन्टमा १७ इन्चको अलोय ह्विल छ । यसको ग्राउन्ड क्लियरेन्स १८८ एमएम र ह्विलबेस २,६५१ एमएम छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४,२२५ एमएम, १,७६० एमएम र १,६१२ एमएम छ । यसमा ३८५ लिटरको बुट स्पेस छ र यसलाई १,४०५ एमएम सम्म बढाउन सकिन्छ ।

नेपाली बजारमा यसको मूल्य ५० लाख देखि ६५ लाख रुपैयाँ सम्म पर्ने अनुमान गरिएको छ । यसले मिड साइज एसयूभी सेगमेन्टमा हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

कुशाक चम्किदा स्कोडाको बिक्री दोव्वरले वृद्धि

कुशाक चम्किदा स्कोडाको बिक्री दोव्वरले वृद्धि

मिड साइज एसयूभी कुशाकको बिक्री वढेसंगै स्कोडाले भारतमा यो वर्षको ११...

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडा स्लाभिया सेडान भारतमा वर्ल्ड प्रिमियर गरिएको छ । हाल बजारमा उपलब्ध...

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

काठमाडौं – नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...