बेनेली १८०एसको खुल्यो बुकिङ, केही दिनमै डेलिभरी गरिने

काठमाडौं – नेपाली बजारमा बेनेलीको नयाँ बाइक १८०एस उपलब्ध हुने भएको छ । बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनलले यसको बुकिङ खुलेको बताएको छ ।

गत माघ महिनामै यसको औपचारिक लन्च गरिए पनि हाल सम्म ग्राहकलाई यो बाइक डेलिभरी भएको थिएन । अब भने देशभरका सोरुमबाट बुकिङ लिइने र केही दिनमै डेलिभरी समेत हुने कम्पनी स्रोतले बताएको छ ।

नेपाली बजारमा नियोन कलरको बेनेली १८० एसको मूल्य ४ लाख ४० हजार र अन्य कलरको मूल्य ४ लाख ३० हजार रुपैयाँ हुने बताइएको छ ।

बेनेलीको सो बाइकमा थ्री स्पार्क टेक्नोलोजीको प्रयोग गरिएको छ । सो प्रविधिले बेनेलीको स्पोर्टी साउन्डलाई अझै राम्रो बनाएको कम्पनीको भनाइ छ । त्यसैगरी यसका कारण इन्धनको खपत पनि सही तरिकाले हुन्छ र राम्रोसँग उपयोग हुन्छ ।

कम तौल, उच्च पावर र आकर्षक टेक्स्चरका कारण बेनेलीको यो प्रिमियम मोटरसाइकल लोकप्रिय छ । यसमा १७५.३ सीसीको सिंगल सिलिन्डर, फोर भल्व, लिक्विडकुल्ड एफआई इन्जिन छ, जसले ९५०० आरपीएममा १८ बीएचपी पावर र र ७००० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ ।

बाइकको अघिल्लो भागमा टेलिस्कोपिक सस्पेन्सन र पछिल्लो भागमा मोनोसक छ । सुरक्षाका लागि दुवै पांग्रामा डिस्क ब्रेक छ । १७० एमएम ग्राउन्ड क्लियरेन्स सहितको यो बाइकको ह्विलबेसन १३४५ एमएम छ भने १० लिटरको इन्धन ट्यांकी छ ।

सम्बन्धित समाचारहरू

बेनेली मोटरसाइकल तथा स्कुटरको खरिदमा २५ हजार नगद छुट

बेनेली मोटरसाइकल तथा स्कुटरको खरिदमा २५ हजार नगद छुट

वेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेश्नल...

नेपाली बजारमा लन्च भयो बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई

नेपाली बजारमा लन्च भयो बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई

काठमाडौं – नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च...

यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर

यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर

नेपाली बजारमा बिक्री हुने स्कुटर मध्ये १२५ सीसी सेगमेन्टका स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...