बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
येज्दीले नयाँ बाइक रोडकिङ चाँडै लन्च गर्ने भएको छ । येज्दी बाइक निकै लोकप्रिय ब्रान्ड हो । क्लासिक लिजेन्ड्सले बजार फेरि येज्दी ब्रान्डको उपस्थिति हुने घोषणा नोभेम्बर २०१८ मा गरेको थियो । क्लासिक लिजेन्ड्सले आइकोनिक येज्दीको साथ साथै बीएसए बाइक पनि पुनर्जीवित गर्ने भएको छ । सो बाइक भारतमा लन्च गर्नेछ । सो बाइक पहिलो पटक युरोपीय बजारमा बिक्री गरिनेछ । यो भन्दा पहिले क्लासिक लिजेन्ड्सले जावा बाइक बजारमा ल्याइसकेको छ ।
कम्पनीले एज्दीको नयाँ बाइक यहि वर्षको अन्तमा लन्च गर्ने सम्भावना रहेको छ । तथापि कम्पनीले यसको बारेमा केही आधिकारिक जानकारी दिएको छैन । कम्पनीले केही समयदेखि स्क्र्याम्बलर बाइक लगातार परीक्षण गरिरहेको छ । साथै सो बाइक भारतीय बजारमा पहिलो एज्दी बाइक हुने सम्भावना रहेको छ ।
क्लासिक लिजेन्ड्सले हालै रोडकिङ ट्रेडमार्कको लागि आवेदन दिएको छ । साथै कम्पनीले यज्दी रोडकिङको नाममा इन्टरनेट युआरएलको ट्रेडमार्कका लागि आवेदन दिएको छ । रिपोर्ट अनुसार सो बाइक स्क्र्याम्बलर बाइक हुने अनुमान गरिएको छ । सो बाइक मार्चमा पुणे–नासिक राजमार्गमा परीक्षणको समयमा बाइकको प्रोटोटाइप देखिएको थियो ।
सो बाइकमा सर्कुलर हेडल्याम्पको साथै फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा सक एब्जर्वर सस्पेन्सन देखिएको छ । साथै बाइक स्पोक ह्वीलको साथमा डुअल परपज टायरको साथमा देखिएको थियो ।
रिपोर्ट अनुसार सो बाइकमा जावाको इन्जिन प्रयोग गरिएको छ । सो बाइकमा जावाको इन्जिन जस्तै ब्ल्याक र कुलर सेटअप देखिएको थियो । रिपोर्ट अनुसार सो बाइकमा जावा ४२ को जस्तो इन्जिन, च्यासिस, बडीवर्क र सस्पेन्शन पनि देखिएको छ । सो बाइकमा जावामा प्रयोग गरिएको २९३ सीसी इन्जिन प्रयोग गर्ने सम्भावना रहेको छ । यसको साथै बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एलईडी टेललाइट र डुअल–च्यानल एबीएस पनि उपलब्ध हुनेछ । कम्पनीले सो बाइकको मूल्य र फिचरको बारेमा जानकारी दिएको छैन ।
येज्दी रोडकिङ सन् १९७८ मा भारतमा जावा लिमिटेड अटोमोबाइल कम्पनीले लन्च गरेको थियो । यो बाइक मैसुरमा उत्पादन गरिएको थियो र यो सन् १९९६ सम्म चलेको थियो । सो बाइक सीएच २५० मोटोक्रसमा आधारित थियो । सोही बाइकबाट सन् १९७४ को मोटोक्रस विश्व च्याम्पियनसिपमा जारोस्लाभ फाल्टाले रनर अप जितेका थिए ।
सुरुमा सो बाइकमा २५० सीसी डुअल इन्जिन प्रयोग गरिएको थियो । सो बाइकमा सेमी अटोमेटिक क्लच र जावा/सीजेडको ट्रेडमार्क इन्टिग्रेटेड गियर शिफ्टर/किक–स्टार्टर प्रयोग गरिएको थियो । बाइकमा २–स्ट्रोक २४६।३० सीसी इन्जिन दिइएको थियो । बाइकको कुल वजन १३४ केजी थियो । सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...