सानदार रेट्रो लुक्सका बाइक नेपालमा : यस्ता छन् फिचर र मूल्य

युवाहरु माझ रेट्रो बाइकको क्रेज दिनानुदिन बढिरहेको छ । एड्भान्स टेक्नोलोजी, शानदार लुक र राइडिङमा आरामदायक भएको कारण रेट्रो बाइक लोकप्रिय भएको हो । रेट्रो सेगमेन्टमा रोयल इन्फिल्डको दबदबा रहेको छ । यद्यपि हालै अन्य कम्पनी पनि सो सेगमेन्टमा प्रवेश गरेका छन् । केही दिन पहिले नेपाली बजारमा भित्रिएको होन्डा हाइनेस सीबी ३५० पनि रेट्रो लुक्सका कारण चर्चामा छ ।

रोयल इन्फिल्ड बुलेट ३५०
रोयल इन्फिल्डको बुलेट ३५० रेट्रो बाइक निकै चर्चित बाइकहरु मध्ये एक हो । कम्पनीले सो बाइकमा ३४६ सीसी क्षमताको सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन समावेश गरेको छ । जसले १९.१ बीएचपीको पावर र २८ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड गियरबक्सको साथमा उपलब्ध रहेको छ । यसको साथै सो बाइकमा कम्पनीले एन्टि लक ब्रेकिङ सिस्टम, १३.५ लिटर क्षमताको फ्युल ट्यांक र १९ इन्चको ह्विल समावेश गरेको छ । सो बाइकको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक समावेश गरिएको छ ।

नेपाली बजारमा रोयल इन्फिल्ड बुलेट ३५० को मूल्य ४ लाख ६७ हजार ५ सय र ५ लाख ६० हजार ५ सय रुपैयाँ छ ।

जावा ४२
सन् १९९६ पछि जावा कम्पनीले भारतीय बजारमा प्रवेश गरेको हो । यो बाइक २०७७ सालमा नेपाली बजारमा समेत प्रवेश गरेको छ । कम्पनीले महिन्द्रासँग मिलेर जावा ४२ बजारमा उपलब्ध गराएको छ । सो बाइकमा रेट्रो लुक र मोर्डन स्टाइल समावेश गरिएको छ ।

सो बाइकमा २९३ सीसी क्षमताको इन्जिन समावेश गरिएको छ । जसले २७ बीएचपीको पावर र २७.१ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । यसको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा हाइड्रोलिक शक एब्जर्वर सस्पेन्शनको साथमा डुअल च्यानल एन्टि लक ब्रेकिङ सिस्टम समावेश गरिएको छ । यसको साथै बाइकमा १४ लिटरको फ्युल ट्यांकको साथमा लङ एक्जस्ट एक्जस्ट समावेश गरिएको छ । जावा ४२ सिंगल च्यानल र डबल च्यानल एबीएससहित २ भेरिएन्टमा उपलव्ध छ । सिंगल च्यानल एबीएस भेरिएन्टको मूल्य ६ लाख २० हजार र डबल च्यानल एबीएस भेरिएन्टको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकिएको छ ।

रोयल इन्फिल्ड क्लासिक ३५०
दमदार परफर्मेन्स र शानदार रेट्रो लुकको कारण रोयल इन्फिल्ड क्लासिक ३५० निकै लोकप्रिय रहेको छ । सो बाइकमा ३४६ सीसी क्षमताको सिंगल सिलिन्डर ट्वीन स्पार्क एयर कुल्ड इन्जिन समावेश गरिएको छ । जसले १९.३६ पीएसको पावर र २८ एनएमको टर्क जेनेरेट गर्छ ।
रोयल इन्फिल्ड क्लासिक ३५० सिंगल च्यानल एबीएसको मूल्य ५ लाख १५ हजार र ड्युअल च्यानल एबीएसको मूल्य ६ लाख ५ हजार रुपैयाँ छ ।

होन्डा हाइनेस सीबी ३५०
हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।

नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ टाइप विंकरसहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता यस बाइकको धेरै मध्यका केही विशेषताहरु हुन् । नेपाली बजारमा यस सीबी(३५० डीएलएक्सको मूल्य सात लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड स्क्र्याम्वलर ६५० उत्पादनको अन्तिम चरणमा

रोयल इन्फिल्ड स्क्र्याम्वलर ६५० उत्पादनको अन्तिम चरणमा

रोयल इन्फिल्डले निकट भविष्यमा लन्च गर्ने तयारी थालेको नयाँ मोडल उत्पादनको...

नेपाली बजारमा भित्रियो सीएफमोटोको २५० सीसी स्पोर्ट्स रेसिङ मोटरसाइकल

नेपाली बजारमा भित्रियो सीएफमोटोको २५० सीसी स्पोर्ट्स रेसिङ मोटरसाइकल

काठमाडौं – नेपाली बजारमा सीएफमोटोको २५० एसआर बाइक भित्रिएको छ । नेपालका...

रोयल इन्फिल्डले नयाँ प्लेटफर्म विकास गर्ने, हिमालयन ४५० आउने

रोयल इन्फिल्डले नयाँ प्लेटफर्म विकास गर्ने, हिमालयन ४५० आउने

रोयल इन्फिल्डका ३५० सीसी सेगमेन्टको बाइक निकै लोकप्रिय भइरहेको समयमा अब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...