साउन देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने

काठमाडौं - सरकारले आगामी साउनदेखि  सरकारी  तथा  निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता  हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड  नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक  व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र  नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको जानकारी दिए ।

नयाँ खरिद गरिने दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ  । 

इम्बोस्ड नम्बर प्लेट जडानका लागि भर्नुपर्ने फारम भर्ने प्रणालीलाई  अहिले परिष्कृत गर्नेलगायत सबै प्रकारका प्राविधिक काम पूरा  भइसकेको बताउँदै उनले सार्वजनिक, कूटनीतिक नियोग, संस्थानलगायत सबै प्रकारका सवारीसाधनमा  इम्बोस्ड  नम्बर  प्लेट  अनिवार्य गरिएको स्पष्ट पारे ।

सम्बन्धित समाचारहरू

उपत्यकामा ट्राफिक प्रहरीको विशेष अभियान, मापसे गरी सवारीसाधन चलाउने १२ जना कारबाहीमा

उपत्यकामा ट्राफिक प्रहरीको विशेष अभियान, मापसे गरी सवारीसाधन चलाउने १२ जना कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने...

सडकमा बढी दुर्घटना हुने स्थान (Black Spot) : जोखिम र जोगिने उपायहरू

सडकमा बढी दुर्घटना हुने स्थान (Black Spot) : जोखिम र जोगिने उपायहरू

बढी दुर्घटना हुने स्थान (Black Spot) भन्नाले सडकको त्यो विशेष खण्ड वा क्षेत्रलाई...

सुनसान बन्याे काठमाडौं, ५ लाख बढीले छाेडे

सुनसान बन्याे काठमाडौं, ५ लाख बढीले छाेडे

काठमाडौं – दशैंको टीका नजिकिएसँगै काठमाडौं उपत्यका सुनसान हुन थालेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...