आउदै छ पेट्रोल र इलेक्ट्रिक दुवै मोडमा चलाउन मिल्ने स्कोडाको अक्टाभिया आरएस
स्कोडाले आफ्नो पहिलो प्लग–इन हाइब्रिड अक्टाभिया आरएस आईभी भारतमा...
स्कोडा अटोले भारतीय बजारमा बहुप्रतीक्षित एसयूभी कुशाक लन्च गरेको छ । स्कोडा कुशाक एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । आगामी जुलाई देखि यसको डेलिभरी हुनेछ ।
स्कोडा कुशाकको उत्पादन कम्पनीको पुणेस्थित चाकन प्लान्टमा भइरहेको छ । यसले मिड साइज एसयूभी सेगमेन्टमा हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्नेछ । कुशाक संस्कृत शब्द हो र यसको अर्थ राजा वा सम्राट हुन्छ । यद्यपि यो कारले आफ्नो क्षमता र पर्फमेन्सका आधारमा राजा वा सम्राट बन्छ वा बन्दैन भन्ने कुरा थाहा पाउन भने केही समय पर्खिनु पर्नेछ ।
इन्जिन र पावर
स्कोडा कुशाक दुई इन्जिन अप्सनमा उपलब्ध हुनेछ । यसमा भएको १.० लिटर थ्री सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ११५ पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनका साथ ६–स्पिड म्यानुअल वा ६–स्पिड टर्क कन्भर्टर गियरबक्सको विकल्प हुनेछ । त्यसैगरी अर्को १.५ लिटर टीएसआई फोर सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले १५० पीएस पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनको साथ ६–स्पिड म्यानुअल र ७–स्पिड डीएसजी गियरबक्स विकल्प हुनेछ ।
लुक र डिजाइन
स्कोडा क्शाकको लुक निकै नै बोल्ड र मोडर्न छ । यसको फराकिलो ग्रिलमा सानदार दोहोरो स्लेटको प्रयोग गरिएको छ । यसको फ्रेम र स्लेट एलईडी क्रिस्टलले बनेको छ भने एलईडी लाइटले यसमा थप निखारता ल्याउछ । एलईडी हेडलाइट, एलईडी हाई बिम र एल आकारको एलईडी लाइटले गाडीमा थप सुन्दरता थपेको छ । एलईडी फगलाइट ,जालीदार एयर इन्लेट र आल्मुनियम फ्रन्ट स्पोइलर आदिका कारण गाडीको डिजाइनमा निखारता ल्याएको छ ।
आकर्षक फिचर
यसको इन्टेरियर ठूलो र स्पेसियस छ । यसमा १० इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ भने स्मार्टफोन कनेक्टिभिटी, कनेक्टेड कार टेक्नोलोजी र अन्य विभिन्न फिचर उपलब्ध छन् । एम्बिएन्ट लाइटिङ, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस चार्जिङ, कुल्ड ग्लोब बक्स, ६–स्पिकर र ५० वाट सबउफर, इन्टरनल मेमोरी स्टोरेज, वायरलेस स्मार्टलिंक, एन्ड्रोइड अटो, एप्पल कारप्ले, टाइप सी यूएसबी पोर्ट र माई स्कोडा कनेक्ट एप जस्ता फिचर यसमा उपलब्ध छन् ।
सेफ्टी
स्कोडा कुशाकको टप स्पेकमा ६ एयरब्याग, आइएसओएफआईएक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टी कोलिजन ब्रेकिङ सिस्टम जस्ता सेफ्टी फिचर उपलब्ध छन् ।
कलर, साइज र मूल्य
स्कोडा कुशाकमा पाँच कलर अप्सन उपलब्ध हुने छन् । यसको टप भेरिएन्टमा १७ इन्चको अलोय ह्विल छ । यसको ग्राउन्ड क्लियरेन्स १८८ एमएम र ह्विलबेस २,६५१ एमएम छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४,२२५ एमएम, १,७६० एमएम र १,६१२ एमएम छ । यसमा ३८५ लिटरको बुट स्पेस छ र यसलाई १,४०५ एमएम सम्म बढाउन सकिन्छ ।
भारतमा स्कोडा कुशाकको सुरुवाती मूल्य १० लाख ५० हजार र टप भेरिएन्टको मूल्य १७ लाख ६० हजार भारु तोकिएको छ ।
फक्सवागन ग्रुपले इन्डिया २.० प्रोजेक्ट अन्तर्गत पहिलो उत्पादनको रुपमा स्कोडा कुशाकलाई बजारमा उतारेको हो । यसमा पहिलो पटक एमक्यूबी–एओ–आईएन प्लेटफर्मको प्रयोग गरिएको छ । यो भारतीय बजारका लागि उच्च स्तरीय रुपमा स्थानीयकरण गरेर बनाइएको हो । यसका आधारमा पनि यो भारतीय र नेपाली बजारका लागि समेत उपयुक्त एसयूभी हुने अनुमान गरिएको छ ।
नेपाली बजारमा स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले स्कोडा कुशाकको प्रि–बुकिङ केही दिनमै खोल्ने बताएको छ । नेपाली बजारमा यसको मूल्य ५० लाख देखि ६५ लाख रुपैयाँ सम्म पर्ने अनुमान गरिएको छ ।
स्कोडाले आफ्नो पहिलो प्लग–इन हाइब्रिड अक्टाभिया आरएस आईभी भारतमा...
अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...
एसयूभी वा एमपीभी कारमा जस्तै अन्य कुनै पनि कारमा राम्रो ग्राउन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...