भोलिदेखि सार्वजनिक सवारी चल्ने, अटोमोबाइल सोरुम र पार्ट्स पसल दैनिक खोल्न पाइने

काठमाडौं – भोलिदेखि काठमाडौं उपत्यका सार्वजनिक सवारी साधन संचालन हुने भएको छ । उपत्यका भित्रमा २५ सिट क्षमता भन्दा बढीका सवारी जोर बिजोर प्रणालीमा संचालन हुने भएको हो ।

जिल्ला प्रशानस कार्यालय काठमाडौंले एक सूचना निकाल्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । सार्वजनिक यात्रु बाहक सवारी साधान संचलान गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्नुपर्ने, भौतिक दुरी कायम हुने गरि बस्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।

कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु नराख्ने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने सवारी साधानको दैनिक निसंक्रमित गर्नुपर्ने प्रशासनले जनाएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन हुने बताइएको छ ।

त्यसैगरी अटोमोबाइल सोरुम र अटोमोबाइल पार्ट्स पसल विहान ११ बजे देखि साँझ ६ बजे सम्म संचालन गर्न सकिने छ । सवारी साधन मर्मतका लागि वर्कसपहरु साँझ ७ बजे सम्म संचालन गर्न सकिने छ ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

काठमाडौं – बैशाख १६ देखि निषेधाज्ञा लागू गरिए पश्चात नेपाली बजारमा उपलब्ध...

वर्कसप बेलुकी दैनिक ७ बजे सम्म : सोरुम तथा पार्ट्स पसल आइतबार, मंगलबार र बिहीबार खुल्ने

वर्कसप बेलुकी दैनिक ७ बजे सम्म : सोरुम तथा पार्ट्स पसल आइतबार, मंगलबार र बिहीबार खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई आगामी असार १४ गते सम्म...

सवारी साधन सञ्चालनमा थप खुकुलो, मर्मत गर्ने वर्कसप बेलुकी ९ बजे सम्म सञ्चालन हुने

सवारी साधन सञ्चालनमा थप खुकुलो, मर्मत गर्ने वर्कसप बेलुकी ९ बजे सम्म सञ्चालन हुने

काठमाडौं – काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...