हिरोले नयाँ इलेक्ट्रिक स्कुटर आज लन्च गर्दै
हिरोले फेस्टिभ सिजनको अवसरमा हिरोको नयाँ इलेक्ट्रिक स्कुटर भिडा आज भारतमा...
रिभोल्ट मोटरले भारतीय बजारमा दुई मोडल मात्र उत्पादन गर्छ । कम्पनीको आरभी४०० भारतमा पहिलो इलेक्ट्रिक बाइक हो । आरभी४०० टप र आरभी३०० बेस भेरिएन्ट हो । सो बाइक भारतमा २०१९ देखि उत्पादन सुरु गरिएको थियो ।
सो बाइकको बुकिङ सुरु हुने बित्तिकै केही दिनमा बन्द गर्नु परेको थियो । हालै सो बाइकको बुकिङ दोस्रो पटक खोलिएको छ । बुकिङ खोलिएको २ घन्टा भित्र ५० करोड भारु बराबरको बाइक बिक्री गरिएको थियो । कम्पनीले आरभी४०० को मूल्यमा २८ हजार भारु कम गरेको छ । सो बाइकको एक्स शोरुम मूल्य ९० हजार ७९९ भारु रहेको छ । कम्पनीले आरभी३०० को मूल्यको बारेमा केही जानकारी दिएको छैन ।
कम्पनीले सो बाइक तीव्र गतिमा उत्पादन सुरु गरिएको बताएको छ । कम्पनीले सो बाइक सेप्टेम्बर २०२१ सम्ममा ग्राहकसमक्ष पु¥याउने बाचा गरेको छ । कम्पनीले हालको लागि दिल्ली, मुम्बई, पुणे, चेन्नई, अहमदाबाद र हैदराबादमा आरभी४०० बिक्री गर्नेछ । कम्पनीले भारतको ३५ शहरमा सो बाइकको नेटवर्क विस्तार गर्ने घोषणा गरेको छ ।
रिभोल्ट आरभी४०० मा कम्पनीले ५ केडब्ल्युको इलेक्ट्रिक मोटर जडान गरेको छ । सो बाइकमा ३.२४ केडब्ल्युएचको स्वेपेबल व्याट्री प्याक उपलब्ध रहेको छ । यसमा तीन राइडिङ मोड ईको, नर्मल र स्पोर्ट रहेको छ । बाइकको टप स्पिड ८५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
रिभोल्ट आरभी४०० इलेक्ट्रिक बाइकमा निकै पावरफुल व्याट्री जडान गरिएको छ । सो व्याट्री फुल चार्जमा १५६ किलोमिटरको दुरी तय गर्ने क्षमता रहेको छ । सो व्याट्री ४ देखि ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । सो बाइकमा कम्पनीले ८ वर्ष वा १.५ लाख किलोमिटरको वारेन्टी पनि दिएको छ ।
सो बाइकमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, जियो लोकेशन, नजिकको चार्जिङ स्टेशनको विवरण जस्ता सुविधाहरु दिइएको छ । साथै स्पिकर र एक्जस्ड साउन्डको फिचर पनि उपलब्ध रहेको छ ।
रिभोल्ट आरभी४०० बाइक वन टाइन पेमेन्टमा मात्र किन्न सकिन्छ । तर जसले एक पटकमा पेमेन्ट भुक्तानी गर्न सक्दैन त्यसको लागि कम्पनीले सब्सक्रिप्सनको योजना दिएको छ । उक्त सब्सक्रिप्सनमा हरेक महिना ६ हजार ७५ र ४ हजार ३९९ भारुको किस्तामा पेमेन्ट गर्न सकिन्छ । सो सब्सक्रिप्सनको प्लान अवधि क्रमशः २४ र ३६ महिनाको हुनेछ ।
रिभोल्टको इलेक्ट्रिक बाइक नेपाली बजारमा उपलब्ध छैन । तर पनि विभिन्न आयातकर्ता कम्पनीहरु यो बाइक नेपाली बजारमा भित्र्याउनका लागि लागिरहेका छन् ।
हिरोले फेस्टिभ सिजनको अवसरमा हिरोको नयाँ इलेक्ट्रिक स्कुटर भिडा आज भारतमा...
अन्तर्राष्ट्रिय बजारमा लन्च भएसँगै टोयोटाको नयाँ ईभी अर्बन क्रुजर नेपाल...
काठमाडौं– फोर्थिङ ईभीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...