निषेधाज्ञा बन्यो खुकुलो : नयाँ खेलाडी बन्दै छन् नेपाली बजारमा यी नयाँ बाइक र स्कुटर

काठमाडौं – आज देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनेको छ । अन्य कुराका अतिरिक्त अटोमोबाइल सोरुमहरु पनि सातामा तीन दिन खुल्ने भएका छन् ।

गते बैशाख महिनाको मध्यमा प्रारम्भ भएको निषेधाज्ञाको कारण धेरै कम्पनीका बाइक र स्कुटर सार्वजनिक हुन सकेका छन् । यो भन्दा पहिले नै केही कम्पनीले नयाँ मोडलका बाइक र स्कुटर सार्वजनिक गर्ने तयारी गरेका थिए । निषेधाज्ञाकै बीचमा पनि केही कम्पनीले बाइक र स्कुटर भित्र्याएका छन् ।

केही दिन पहिले होन्डाको हाइनेस सीबी ३५० बाइक नेपाली बजारमा भित्रिएको छ । ५० हजार छुटका साथ उपलब्ध गराइएको यो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । होन्डाले अब हर्नेट २.० पनि नेपाली बजारमा उपलब्ध गराउने छ । अहिले भने होन्डा डियो स्कुटरको बीएस६ भर्सन बिक्रीका लागि उपलब्ध हुनेछ । यो भन्दा पहिले यो स्कुटर सोरुमहरुमा पुगेको थिएन ।

सुजुकी एक्सेस बीएस६ स्कुटर पनि यही अवधिमा नेपाली बजारमा भित्रिएको छ । हाल २ भेरिएन्टमा उपलब्ध सो स्कुटरमा हाफ डिजिटल र फुल डिजिटलमा मात्रै भिन्नता रहेको कम्पनीले जनाएको छ ।

रोयल इन्फिल्ड मेटियर ३५० को पनि केही दिन भित्रै नेपाली बजारमा बिक्री प्रारम्भ हुनेछ । यो वाहेक बैशाख महिनामै लन्च गर्ने तयारी भए पनि निषेधाज्ञाका कारण रोकिएको थियो ।

यामाहाका एफजेड सिरिज, एमटी १५ र आर१५ भी३ जस्ता बाइक अब बीएस६ मोडलमा उपलब्ध हुने बताइएको छ ।

मोटरहेड एमएच १५०आर बाइक पनि अझै अपग्रेड भएर आएको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले इन्जिन र अन्य प्राविधिक कुराहरु समेत अपग्रेड भएर आएको बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...