अब ट्याक्सी र निजी सवारीमा जोरविजोर, अटोमोबाइल र पार्ट्स पसल बार अनुसार खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएकाे छ । लम्ब्याइएकाे निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार (आज) बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

तर यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेट विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउने भएकाे छ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

त्यस्तै  काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल सञ्चालन हुनेछन् ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खोल्न दिने निर्णय भएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

सम्बन्धित समाचारहरू

भोलिदेखि सार्वजनिक सवारी चल्ने, अटोमोबाइल सोरुम र पार्ट्स पसल दैनिक खोल्न पाइने

भोलिदेखि सार्वजनिक सवारी चल्ने, अटोमोबाइल सोरुम र पार्ट्स पसल दैनिक खोल्न पाइने

काठमाडौं – भोलिदेखि काठमाडौं उपत्यका सार्वजनिक सवारी साधन संचालन हुने...

आजदेखि उपत्यकाको निषेधाज्ञा केही खुकुलो

आजदेखि उपत्यकाको निषेधाज्ञा केही खुकुलो

काठमाडौं – कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि...

सर्भिस इन्जिनियरको पोस्ट लकडाउन बाइक राइडिङ टिप्स : बाइक चलाउनु अघि ध्यान दिनु पर्ने कुराहरु

सर्भिस इन्जिनियरको पोस्ट लकडाउन बाइक राइडिङ टिप्स : बाइक चलाउनु अघि ध्यान दिनु पर्ने कुराहरु

काठमाडौं उपत्यका र देशका धेरै स्थानमा जारी निषेधाज्ञा केही खुकुलो गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...