स्कोडा कुशाक साउनमा नेपाल आउने पक्का, स्कोडा नेपालको फेसबुक पेजमा ‘कमिङ सुन’ टिजर

काठमाडौं – स्कोडाको नयाँ एसयूभी कुशाक साउनमा नेपाली बजारमा आउने औपचारिक जानकारी सार्वजनिक भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आफ्नो फेसबुक पेजमा ‘कमिङ सुन’ लेखेर टिजर सार्वजनिक गरेको छ ।

स्कोडा नेपालको वेबसाइटमा समेत कुशाकलाई लिस्टिङ गरिएको छ । कुशाकको वारेमा रुचि राख्ने ग्राहकका लागि यो लिंक खोलेर आवश्यक जानकारी उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।

नेपाली बजारमा तीन ट्रिम र पाँच कलर अप्सनमा स्कोडा कुशाक उपलब्ध हुने बताइएको छ । आगामी जुन २८ मा भारतमा लन्च हुने घोषणा गरिएको स्कोडा कुशाकको नेपालमा ५० लाख देखि ६५ लाख रुपैयाँ सम्म मूल्य पर्ने अनुमान गरिएको छ ।

प्रोजेक्ट २.० अन्तर्गत फक्सवागन ग्रुपले भारतमा १ अर्ब युरो लगानी गरेको छ । एउटै बजारमा यो ग्रुपले पहिलो पटक यति धेरै लगानी गरेको हो । हालै पुनेमा अवस्थित चाकन प्लान्टबाट उत्पादित स्कोडा कुशाकको पहिलो युनिट रोल आउट भएको छ । यो एमक्यूबी–एओ–आईएन प्लेटफर्ममा आधारित छ । आईएनको अर्थ इन्डिया हो ।

यस अनुसार स्कोडा कुशाकमा ९५ प्रतिशत पार्ट्स स्थानीयकरण गरिएको छ, जसले गर्दा स्कोडा कुशाकको मूल्य र बिक्री पछिको सेवा मितव्ययी हुनेछ । भारतीय बजारका लागि नै नयाँ प्लेटफर्मको विकास गरिएको र स्थानीयकरण गरिएकोले यसको मूल्य प्रतिस्पर्धि हुने बताइएको छ ।

स्कोड कुशाक १.० लिटर र १.५ लिटर दुई पेट्रोल इन्जिनको साथमा लन्च गरिनेछ । यद्यपि नेपाली बजारमा आउने इन्जिन अप्सनको वारेमा कम्पनीले आधिकारिक जानकारी दिएको छैन ।

भारत र नेपालको बजारमा निकै नै समानता छ । भारतमै बनेको स्कोडा कुशाक नेपाली बजारमा उपलब्ध हुनेछ । त्यसैले स्थानीयकरण गरिएको र नयाँ प्लेटफर्ममा बनेको तथा इन्डिया २.० प्रोजेक्ट अन्तर्गत प्रशस्तै लगानी गरेर उत्पादन गरिएको एसयूभी स्कोडा कुशाकको लाभ नेपाली उपभोक्ताले पनि पाउने छन् ।

सम्बन्धित समाचारहरू

सितापाइलामा खुल्यो स्कोडाको अत्याधुनिक र सुबिधासम्पन्न सर्भिस सेन्टर

सितापाइलामा खुल्यो स्कोडाको अत्याधुनिक र सुबिधासम्पन्न सर्भिस सेन्टर

स्कोडा गाडीको नेपालका लागी आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले...

स्कोडा स्लाभिया डिजाइन स्केच सार्वजनिक, ग्लोबल लन्च आगामी नोभेम्बर १८ मा

स्कोडा स्लाभिया डिजाइन स्केच सार्वजनिक, ग्लोबल लन्च आगामी नोभेम्बर १८ मा

स्कोडाले बजारमा ल्याउने तयारी गरिरहेको नयाँ सेडान स्कोडा स्लाभियाको...

नेपाली बजारमा फोटोन  टुनल्यान्डको नयाँ भेरिएन्ट आउंदै

नेपाली बजारमा फोटोन टुनल्यान्डको नयाँ भेरिएन्ट आउंदै

काठमाडौं – पछिल्लो समयमा नेपाली बजारमा समेत उपलब्ध फोटोन टुनल्यान्डको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...