विद्युतीय सवारी प्रवद्र्धनका लागि प्रदेशले ल्याए मेट्रो रेल देखि चार्जिङ स्टेसन सम्मका योजना

काठमाडौं – प्रदेश सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै विभिन्न योजना पेश गरेका छन् । ती मध्ये बागमती र लुम्बिनी प्रदेशले विद्युतीय सवारी प्रवद्र्धन गर्नका लागि विभिन्न योजना ल्याएका छन् ।

बागमती प्रदेश सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ ।आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/०७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।

बजेटले विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक पूर्वाधार विकास गर्ने योजना अगाडि सारेको छ । त्यसको लागि काठमाडौं–मुग्लिङ्ग र भरतपुर–हेटौंडा सडकखण्डको उपयुक्त स्थानमा निजी क्षेत्रसँग सहकार्य गरेर ‘स्मार्ट रिफ्रेस एण्ड ट्रान्सफर सेन्टर’ निर्माण गर्ने उल्लेख छ ।

यसरी निर्माण हुने ‘स्मार्ट रिफ्रेस एण्ड ट्रान्सफर सेन्टर’मा गाडीको चार्जिङ सुविधा सहित मनोरञ्जन र फुड कोटहरु निर्माण हुने छन् ।

साथै, बागमती प्रदेश सरकारले ५० करोड रुपैयाँ खर्च गरेर विद्युतीय बस संचालन गर्ने उल्लेख गरेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारले प्रदेशका ४ स्थानमा विद्युतीय बसको लागि चार्जिङ स्टेसन स्थापना गर्ने जनाएको छ । बुटवल भैरहवा र कोहलपुर नेपालगञ्जमा विद्युतिय बस चलाउन सम्भाव्यता अध्ययन भइसकेको र दुबै रुटको ४ स्थानमा चार्जिङ स्टेसन बनाउने घोषणा गरिएको हो ।

सम्बन्धित समाचारहरू

११ सिटर इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ नेपाल ल्याउँदै एमएडब्लु ग्रुप

११ सिटर इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ नेपाल ल्याउँदै एमएडब्लु ग्रुप

काठमाडौं – एमएडब्लु वृद्धि अटोकर्पले नेपाली बजारमा नयाँ इलेक्ट्रिक भ्यान...

२० प्रतिशत डाउन पेमेन्ट र ४.९९ प्रतिशत ब्याज दरमा प्रोटोन ईमास ७ किन्न पाइने

२० प्रतिशत डाउन पेमेन्ट र ४.९९ प्रतिशत ब्याज दरमा प्रोटोन ईमास ७ किन्न पाइने

काठमाडौं – मलेसियाली अटो ब्रान्ड प्रोटोनले हालै नेपाल ल्याएको नयाँ...

कम मूल्यमा मिनी इभी उतार्ने कियाको योजना, ४ वर्षमा १३ नयाँ इभी आउने

कम मूल्यमा मिनी इभी उतार्ने कियाको योजना, ४ वर्षमा १३ नयाँ इभी आउने

कोरियन अटो निर्माता कियाले इभी लाइनअपमा आफ्नो उत्पादन विस्तार गर्ने योजना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...