नेपाली बजारमा भित्रियो चांगनको प्रिमियम सेडान ‘एल्सभीन’, मूल्य ४२ लाख
काठमाडौं – नेपाली बजारमा चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’...
स्कोडाको बहुप्रतीक्षित एसयूभी कुशाक आगामी जुन २८ मा भारतमा लन्च हुने घोषणा भएको छ । सो एसयूभीको मूल्य समेत त्यही दिन घोषणा हुने भएको छ । बुकिङ पनि त्यही दिन देखि प्रारम्भ गरिने छ ।
स्कोडाको अपकमिङ एसयूभी कुशाक नेपालमा समेत लन्च गर्ने भव्य तयारी भइरहेको छ । नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले आगामी साउन महिनामा सो एसयूभी नेपाली बजारमा उपलब्ध हुने बताएको छ ।
प्रोजेक्ट २।० अन्तर्गत फक्सवागन ग्रुपले भारतमा १ अर्ब युरो लगानी गरेको छ । एउटै बजारमा यो ग्रुपले पहिलो पटक यति धेरै लगानी गरेको हो । हालै पुनेमा अवस्थित चाकन प्लान्टबाट उत्पादित स्कोडा कुशाकको पहिलो युनिट रोल आउट भएको छ । यो एमक्यूबी–एओ–आईएन प्लेटफर्ममा आधारित छ । आईएनको अर्थ इन्डिया हो ।
यस अनुसार स्कोडा कुशाकमा ९५ प्रतिशत पार्ट्स स्थानीयकरण गरिएको छ, जसले गर्दा स्कोडा कुशाकको मूल्य र बिक्री पछिको सेवा मितव्ययी हुनेछ । भारतीय बजारका लागि नै नयाँ प्लेटफर्मको विकास गरिएको र स्थानीयकरण गरिएकोले यसको मूल्य प्रतिस्पर्धि हुने बताइएको छ ।
स्कोड कुशाक दुई पेट्रोल इन्जिनको साथमा लन्च गरिनेछ । यसमा १.० लिटर, ३ सिलिन्डर टीएसआई इन्जिन समावेश गरिएको छ । जसले ११३ बीएचपीको पावर जेनेरेट गर्छ । यसमा ६ स्पिड एएमटीको विकल्प रहेको छ । अर्काे १.५ लिटर, ४ सिलिन्डर टीएसआई इन्जिन समावेश रहेको छ । जसले १४७ बीएचपीको पावर जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पिड डीएसजीको विकल्प रहेको छ । सो दुबै इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड समावेश गरिएको छ ।
भारत र नेपालको बजारमा निकै नै समानता छ । भारतमै बनेको स्कोडा कुशाक नेपाली बजारमा उपलब्ध हुनेछ । त्यसैले स्थानीयकरण गरिएको र नयाँ प्लेटफर्ममा बनेको तथा इन्डिया २।० प्रोजेक्ट अन्तर्गत प्रशस्तै लगानी गरेर उत्पादन गरिएको एसयूभी स्कोडा कुशाकको लाभ नेपाली उपभोक्ताले पनि पाउने छन् ।
भारतमा यसको मूल्य १० लाख देखि १६ लाख भारु हुने अनुमान गरिएको छ । नेपालमा त्यही अनुसार ५० लाख देखि ६५ लाख रुपैयाँ सम्म मूल्य पर्न सक्ने छ । तीन ट्रिममा उपलब्ध हुने सो एसयूभी पाँच कलरमा उपलब्ध हुने बताइएको छ ।
काठमाडौं – नेपाली बजारमा चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’...
काठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु...
स्कोडाले आगामी जनवरी २०२२ मा अपडेटेड कोडियाक ७ सिटर एसयूभी लन्च गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...