रोयल इन्फिल्डले लन्च गर्दैछ नयाँ ५ बाइक

रोयल इन्फिल्ड भिारतीय र नेपाली बजारमा निकै लोकप्रिय टु ह्विलर मध्ये एक हो । कम्पनीले ५ नयाँ बाइक लन्च गर्ने तयारीमा रहेको छ । नेपाली बजारमा भने यी बाइक भारतीय बजारमा लन्च भए पश्चात उपलब्ध हुने छन् ।

नेक्स्ट जेनेरेसन रोयल इन्फिल्ड क्लासिक ३५०
यो बाइक निकै लोकप्रिय रहेको छ । यो कम्पनीको सबैभन्दा चर्चित बाइक मध्ये एक हो । आउँदो केही हप्तामा सो बाइकको न्यू जेनेरेसन मोडल सार्वजनिक गरिने भएको छ ।

रोयल इन्फिल्ड हन्टर ३५०
कम्पनीले सो बाइक ३५०सीसी सेगमेन्टमा लन्च गर्ने भएको छ । सो बाइकलाई कम्पनीले रोयल इन्फिल्ड हन्टर नाम दिएको छ । यद्यपि यसको नामको अफिसियल रुपमा घोषणा भने हुन बाँकी छ ।

६५० सीसी क्रुजर
यो कम्पनीको लो स्लंग क्रुजर बाइक हो जसलाई ६५० सीसी सेगमेन्टमा लन्च गर्ने भएको छ । सो बाइक ६४८ सीसी प्यारलल ट्वीन इन्जिनको साथमा उपलब्ध हुनेछ । सो इन्जिन इन्टरसेप्टर ६५० र कन्टिनेन्टल ६५० मा प्रयोग गरिन्छ ।

६५० सीसी रोडस्टर
कम्पनीले सो बाइक ६५० सीसीमा लन्च गर्नेछ । सो बाइक रेट्रो स्टाइल रोस्डटर लुकको साथमा बजारमा प्रवेश गर्नेछ । सो बाइक कैयौ पटक परीक्षणको समयमा देखा परेको थियो ।

रोयल इन्फिल्ड क्लासिक ६५०
सो बाइक क्लासिक ३५० को पावरफुल इन्जिन भएको भर्सन हो । सो बाइकमा ६५० सीसी इन्जिन समावेश गर्नेछ । यद्यपि यसको स्टाइलिङ क्लासिक ३५० जस्तो हुनेछ ।

नेपाली बजारमा भने भारतीय बजारमा लन्च भइसकेको मेटियर ३५० छिट्टै नै लन्च हुने तयारी अवस्थामा छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...