घरैमा धुन सकिन्छ बाइक : तर यी ४ कुरामा विशेष ध्यान दिनुस्
सहर होस् वा गाउँ, बाइक सबैका लागि अति आवश्यक साधन बनेको छ । बाइकलाई समय समयमा...
काठमाडौं – स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोपमा अटो मेकानिक्सहरुलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघको प्रतिनिधि मण्डलसँग स्वास्थ्य मन्त्री तामाङले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । संघले देशभरका करिब ६० हजार अटो मेकानिक्सहरुलाई खोप उपलब्ध गराउन माग गरेको थियो ।
सो अवसरमा मन्त्री तामाङले महामारीको समयमा खटिएका स्वास्थ्यकर्मीका साथै अन्य अत्यावश्यक कार्यका लागि सञ्चालन भएका सवारी साधनहरुको मर्मत सम्भार गरी सञ्चालन योग्य बनाउने कार्यमा अटो मेकानिक्सहरु जोखिम मोलेर पु-याएको योगदानको राज्यले उचित मूल्यांकन गर्ने र अब आउने खोपमा देशभरका अटो मेकानिक्सहरुलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र उपाध्यक्ष माधवबहादुर रिमालका साथै निवर्तमान अध्यक्ष दीपक खड्का समेतको प्रतिनिधि मण्डलले मन्त्री तामाङसँग भेट गरी खोप उपलब्ध गराउन माग गरेको थियो ।
सो अवसरमा संघका अध्यक्ष न्यौपाने र प्रतिनिधि मण्डलका पदाधिकारीहरुले अटो मेकानिक्स व्यवसायीहरुले पु¥याएको योगदानको वारेमा मन्त्री तामाङलाई जानकारी गराएका थिए ।
हाल अटो सम्बन्धी वर्कसपहरु काठमाडौं उपत्यकामा राती ९ बजे देखि विहान ९ बजे सम्म खोल्न पाइने व्यवस्था छ । यो अवधिमा व्यावसायिक परिचय पत्रको आधारमा व्यवसायीहरु आवतजावत गर्नका लागि समेत सहज हुने गरी जिल्ला प्रशासन कार्यालयले स्वीकृति प्रदान गरेको छ ।
सहर होस् वा गाउँ, बाइक सबैका लागि अति आवश्यक साधन बनेको छ । बाइकलाई समय समयमा...
अटोमेटिक गाडीको लोकप्रियता तीव्र गतिमा बढ्दै गए पनि म्यानुअल गियरबक्स...
एयर फिल्टर कुनै पनि सवारी साधनका लागि धेरै महत्वपूर्ण हुन्छ । एयर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...