होम डेलिभरी सेवा बन्द नगर्न अन्तरिम आदेश

काठमाडौं – निषेधाज्ञाको समयमा पनि होम डेलिभरी सेवा बन्द नहुने भएको छ । अदालतले अनलाइन माध्ययमबाट खरिद गरिने खाद्यान लगायतका अत्यावश्यक सामाग्रीको होम डेलिभरी गर्ने कम्पनीहरूलाई सेवा दिनबाट नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

निकेत अग्रवाल लगायतले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले यस्तो आदेश दिएको हो।

कोरोना भाइरस महामारीको असर कम गर्न र जोगिन डिजिटलाइजेशनको माध्यम महत्वपूर्ण भएको भन्दै उक्त इजलासले अत्यावश्यक पहुँच पुर्याउनु पर्ने बताएको छ।

त्यसका लागि सरकारले जारी गरेको होम डेलिभरी सम्बन्धी मापदण्ड २०७७ अपनाएर सेवा प्रवाह गर्न सकिने आदेशमा उल्लेख छ।

आदेशमा भनिएको छ, ‘यस्तो अवस्थामा बजारमा भीडभाड कम गरी सकेसम्म नागरिकलाई घर बाहिर जान नपर्ने वातावरण सिर्जना गर्न ई–कमर्सको माध्यमबाट तत्कालीन २०७७ मा जारी गरिएको मापदण्ड तथा उक्त मापदण्डको अनुसुची १ मा तोकिएको अत्यावश्यक वस्तुहरूमा सम्पूर्ण स्वास्थ्य सुरक्षाको उपायहरू अवलम्बन गरी अनलाइन माध्यमबाट खरिद बिक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्ने कम्पनीहरूलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रवाह गर्ने काम रोक्ने कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिएको छ।’

गत वर्ष होम डेलिभरी सम्बन्धी मापदण्ड जारी गरिएको थियो र यसका लागि अपनाउनु पर्ने विभिन्न प्रक्रियाका वारेमा मापदण्डमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरू

सवारी साधन सञ्चालनमा थप खुकुलो, मर्मत गर्ने वर्कसप बेलुकी ९ बजे सम्म सञ्चालन हुने

सवारी साधन सञ्चालनमा थप खुकुलो, मर्मत गर्ने वर्कसप बेलुकी ९ बजे सम्म सञ्चालन हुने

काठमाडौं – काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ...

आजदेखि उपत्यकाको निषेधाज्ञा केही खुकुलो

आजदेखि उपत्यकाको निषेधाज्ञा केही खुकुलो

काठमाडौं – कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि...

सर्भिस इन्जिनियरको पोस्ट लकडाउन बाइक राइडिङ टिप्स : बाइक चलाउनु अघि ध्यान दिनु पर्ने कुराहरु

सर्भिस इन्जिनियरको पोस्ट लकडाउन बाइक राइडिङ टिप्स : बाइक चलाउनु अघि ध्यान दिनु पर्ने कुराहरु

काठमाडौं उपत्यका र देशका धेरै स्थानमा जारी निषेधाज्ञा केही खुकुलो गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...