विद्युतीय गाडीमा रुपान्तरण गर्न आवश्यक मापदण्ड तथा कार्यविधि बन्ने निर्देशक पौडेलको भनाइ

काठमाडौं – यातायात व्यवस्था विभागले प्रत्येक प्रदेशमा १ केन्द्र रहने गरी विद्युतीय लगायतका सवारी साधनहरुको परीक्षण गर्न मेसिन उपकरणहरु सहितका सवारी परीक्षण कार्यालयहरु अर्थात भेइकल फिटनेस टेस्टिङ सेन्टर स्थापना गर्न लागेको छ ।

नेपाल अटोले हिजो नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) सँगको सहकार्यमा जुममार्फत गरेको विद्युतीय सवारी साधन प्रवद्र्धन र यसका लागि विभिन्न चुनौतीहरुको वारेमा गरेको भर्चुअल अन्तरक्रियामा यातायात व्यवस्था विभागका प्राविधिकतर्फका निर्देशक रामचन्द्र पौडेलले सो जानकारी दिएका हुन् ।

उनले विद्युतीय सवारी साधन सम्बन्धमा सरकारले लिएको नयाँ नीति र पहिले देखि नै सञ्चालनमा रहेका विभिन्न नीति तथा कार्यक्रमको वारेमा जानकारी प्रदान गरेका थिए । पौडेलले प्रविधिको प्राप्ति तथा प्रयोगका विषयमा विभाग अग्रसर रहेको बताए ।

उनले विद्युतीय सवारीमा रुपान्तरण हुने सवारीलाई दिइने सडक निर्माण तथा संभार दस्तुर छुटको विषय बजेट वक्तव्यमा परेको हुँदा यसको कार्यान्वयन विधि अर्थ मन्त्रालयबाट तय हुने तथा हाल विभाग र मातहत कार्यालयहरुमा डाइनामोमिटर सुविधा नभएको हुँदा विद्युतीय सवारीहरुको सडक परीक्षण, विशेष गरी ग्रेडेबिलिटी परीक्षण गर्नका लागि उपत्यकामा उपलब्ध भएका सेतो गुम्बा लगायतका स्थानहरुमा सडक परीक्षण गर्ने गरिएको बताए ।

देशको राजनीतिक अवस्था, राजस्व परिचालनका प्राथमिकता र समग्र अर्थ व्यवस्थाको अवस्थाका आधारमा सरकारले आवश्यकता अनुसार नीति पुनरावलोकन गर्दै आएको छ । जिवाश्म इन्धनमा आधारित सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्नका लागि प्रचलित सवारी तथा यातायात व्यवस्था कानुन अनुसार सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट स्वीकृति लिनु पर्छ । यसका लागि आवश्यक मापदण्ड तथा कार्यविधि आ.व. २०७८।७९ भित्र जारी हुने पौडेलले बताए ।

उनले देश भित्र निर्माण हुने सार्वजनिक चार्जिङ स्टेशनहरु विभिन्न प्रकार र निर्माताका सवारीहरुलाई उपयुक्त हुने गरी निर्माण गरिनु पर्ने विचार व्यक्त गरे ।

सम्बन्धित समाचारहरू

धमाधम ब्याट्रीको मूल्य घट्दा इलेक्ट्रिक टु ह्विलरको मूल्यमा पनि २५ प्रतिशतले कमी

धमाधम ब्याट्रीको मूल्य घट्दा इलेक्ट्रिक टु ह्विलरको मूल्यमा पनि २५ प्रतिशतले कमी

भारतमा टु ह्विलरको मूल्य सस्तो भएको छ । धेरै इलेक्ट्रिक टु ह्विलर कम्पनीले...

ईभी र हाइब्रिड कारको बिक्रीमा उच्च बृद्धि, सेप्टेम्वरमा मात्रै ३० प्रतिशतले बढ्यो

ईभी र हाइब्रिड कारको बिक्रीमा उच्च बृद्धि, सेप्टेम्वरमा मात्रै ३० प्रतिशतले बढ्यो

विश्व बजारमा ईभी र हाईब्रिड कारको बिक्रीमा उच्च बृद्धि देखिएको छ । एक...

यी हुन् प्रोटोन ईमास ७ का प्रमुख प्रतिस्पर्धी (मूल्य सहित)

यी हुन् प्रोटोन ईमास ७ का प्रमुख प्रतिस्पर्धी (मूल्य सहित)

मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय एसयुभी ईमास ७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...