मोटरसाइक्लिङ सेफ्टी तथा सस्टेनेबिलिटी विषयक अन्तरक्रिया कार्यक्रम हुने

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजनामा भोलि जुन ७ तारिख अर्थात जेठ २४ गते बेलुकी जुममार्फत मोटरसाइक्लिङ सेफ्टी तथा सस्टेनेबिलिटी विषयक अन्तरक्रिया आयोजना हुने भएको छ ।

मोटरसाइकल खेल तथा दुई पांग्रे सवारी साधनको सर्वोच्च निकाय फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिज्म (एफआईएम) ले विश्व वातावरण दिवसलाई लक्षित गरी एफआईएम सस्टेनिबिलिटी विक २०२१ अर्थात एफआईएम स्थिरता सप्ताह यही जुन १ देखि ७ तारिख सम्म मनाइरहेको छ ।

हरेक वर्ष विश्व वातावरण दिवसलाई लक्षित गरी यस संस्था र यस सँग जोडिएका विश्वभरका संघ संस्थाहरुले उतm सप्ताह मनाउँदै आएका छन् । नेपाल अटोमोवाइलस एसोसिएसन (नासा – नेपाल) यसको आधिकारिक संस्था रहेको र यस वर्ष पनि नासा नेपालले यसै सप्ताहलाई लक्षित गरी सो अन्तरक्रिया गर्न लागेको बताएको छ ।

मलुभुत रुपमा राइड क्लिन एण्ड ग्रिन, सस्टेनिबिलिटी, सेफ्टी राइडिङ तथा टु ह्विल टुरिङ विषयमा केन्द्रीत रहने उक्त कार्यक्रममा एफआईएम, राखेप., नासा नेपाल, एनएमएफ क्लब लगायत विभिन्न संघ संस्था गरी देश भित्र र बाहिरका प्रस्तोता एवं सहभागी रहने आयोजक नासा नेपालका प्रतिनिधिले जानकारी दिएका छन् ।

सो अन्तरक्रिया कार्यक्रमको मिडिया पार्टनर नेपाल अटो रहेको छ । उक्त कार्यक्रमको फेसबुक लाइभ नेपाल अटो र नासा नेपालको पेजबाट पनि प्रसारण गरिने छ ।

सम्बन्धित समाचारहरू

नासा बैठक सम्पन्न, यस्ता छन् आगामी कार्ययोजना

नासा बैठक सम्पन्न, यस्ता छन् आगामी कार्ययोजना

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन केन्द्रीय तदर्थ समितिको बैठक हालै...

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर बन्यो टोटल इनर्जिज

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर बन्यो टोटल इनर्जिज

काठमाडौं – जनवरी ४ मा धुलिखेलमा हुने माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स...

१६ बुँदे घोषणा पत्र जारी गर्दै सकियो सडक सुरक्षा युवा अभियन्ताहरुको दुई दिने राष्ट्रिय सम्मेलन

१६ बुँदे घोषणा पत्र जारी गर्दै सकियो सडक सुरक्षा युवा अभियन्ताहरुको दुई दिने राष्ट्रिय सम्मेलन

काठमाडौं – १६ बुँदे घोषणा पत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत युवा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...