अजरबैजान ग्रांपी आज, ९० डिग्री भएका १० मोडका कारण रेस बन्ने छ रोचक

विश्वकै सबैभन्दा खतरनाक रेसट्रयाक मध्ये एक मानिने अजरबैजानको बाकुस्थित रेस ट्रयाकमा आज अजरबैजान ग्रांपी हुँदैछ । मोटर स्पोर्ट्सको क्षेत्रमा लोकप्रिय मानिने यो रेस ट्रयाकमा ९० डिग्री भएका १० मोड छन् । यस्ता मोडमा रेसकारलाई ह्यान्डलिङ र ब्रेकिङ पकड कायम गर्न सक्ने ड्राइभर नै विजयी बन्ने छन् ।

सो रेसट्रयाकमा १.३ किलोमिटरको दुरी भने सिधा छ, जहाँ कारको स्पिड ३५० किलोमिटर सम्म हुन्छ । ट्रयाकमा गाडीको औसत स्पिड २०० किलोमिटर प्रतिघण्टा हुन्छ । यसमा ३०६ किलोमिटर लामो रेस हुन्छ ।

गत वर्ष कोरोना भाइरसको कारण रोकिएको ग्रान्ड प्रिक्स अर्थात ग्रांपी यो वर्ष हुन लागेको हो । यस पटक कारमा पिरेलीको ३सी, ४सी र ५सी टायर प्रयोग गरिदै छ । रेसस्थलमा निकै नै गर्मी हुने भएकाले यो टायरले गाडीको ह्यान्डलिङमा सहयोग गर्नेछ ।

सन् २०१७ मा पहिलो पटक आयोजना गरिएको अजरबैजान ग्रांपीमा दुई पटक नै मर्सिडिज कारले रेस जितेको छ । पहिलो च्याम्पियन डेनियल रिकार्डो थिए भने दोस्रो पटक लुइस ह्यामिल्टन विजयी भएका थिए ।

सम्बन्धित समाचारहरू

यस्ता ७ नियम परिवर्तनका साथ चल्दै छ २०२२ को फर्मुला वान : कस्तो होला प्रभाव ?

यस्ता ७ नियम परिवर्तनका साथ चल्दै छ २०२२ को फर्मुला वान : कस्तो होला प्रभाव ?

फर्मुला वान २०२२ को संस्करण सम्म आउदा सम्म निकै ठुलो क्रान्ति नै भयो ।...

ट्रान्स–हिमालय एड्भेन्चर अन्तर्गत मोटोखानाका विजेताहरु पुरस्कृत, समापन भयो टुरिङ र रेसिङ

ट्रान्स–हिमालय एड्भेन्चर अन्तर्गत मोटोखानाका विजेताहरु पुरस्कृत, समापन भयो टुरिङ र रेसिङ

पोखरा – मोटरसाइकल टुरिङ र रेसिङ अर्थात ट्रान्स–हिमालय एड्भेन्चर...

सीएफ मोटो २५० एनके राइडर दिलिप दनुवारले जिते रेस वार, अब २५० एनकेको मूल्य ५,४९,९००

सीएफ मोटो २५० एनके राइडर दिलिप दनुवारले जिते रेस वार, अब २५० एनकेको मूल्य ५,४९,९००

काठमाडौं – सीएफ मोटो २५० एनकेका राइडर दिलिप दनुवारले शनिबार सम्पन्न रेस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...