होन्डाले ल्याउने भयो २८४ एमएम ग्राउन्ड क्लियरेन्स भएको ३०० सीसीको ड्युअल स्पोर्ट सीआरएफ मोडल

होन्डाले भारतमा सीआरएफ ३००एल बाइक नेम पेटेन्ट गरेको छ । यसको अर्थ आगामी दिनमा सीआरएफ सिरिजमा ३०० सीसीको मोटरसाइकल लन्च हुनेछ ।

सीआरएफ भनेको होन्डाको ड्युअल स्पोर्ट मोडल हो । यसको सबैभन्दा माथिल्लो श्रेणीको मोडल सीआरएफ ११०० छ, जसलाई अफ्रिका ट्विन पनि भनिन्छ ।

होन्डा सीआरएफ ३००एल मा सीबी३००आरको इन्जिन प्रयोग हुनेछ, जसलाई होन्डाले पहिले नै भारतीय बजारमा बिक्री गरिसकेको छ ।

विशेष उद्देश्यका साथ डिजाइन गरिएकाले यसको ग्राउन्ड क्लियरेन्स २८४ एमएम उचाईको छ । त्यसैगरी सिटको उचाई ८८० एमएमको हुनेछ । यसमा ४३ एमएम फ्रन्ट यूएसडी हुनेछ भने २१/१८ इन्चको टायर कम्बिनेसन हुनेछ ।

होन्डाले सीआरएफ२५० र ३०० मोडल पहिले देखि नै थाइल्यान्ड र इन्डोनेसिया जस्ता एसियाली बजारमा बिक्री गरिसकेको छ । भारतीय बजारमा कहिले आउछ, अहिले नै भन्न सकिदैन ।

नेपाली बजारमा समेत यो मोटरसाइकल आउछ वा आउदैन, अहिले नै भन्न सकिदैन । नेपाली बजारमा हाल उपलब्ध सीआरएफ १५०एल र १९०एल निकै नै लोकप्रिय छन् ।

सम्बन्धित समाचारहरू

होन्डा नेपालले सार्वजनिक ग-यो सिटी ई–एचईभी

होन्डा नेपालले सार्वजनिक ग-यो सिटी ई–एचईभी

होन्डा नेपालले हालै नेपाली बजारमा सिटी ई–एचईभी सार्वजनिक गरेको छ । वर्षौं...

चैत्र १७ गतेसम्म होन्डाको एक्सचेन्ज क्याम्प

चैत्र १७ गतेसम्म होन्डाको एक्सचेन्ज क्याम्प

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता...

भित्रियो होन्डा हाइनेस सीबी ३५०, गर्ला रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा ?

भित्रियो होन्डा हाइनेस सीबी ३५०, गर्ला रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा ?

होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...