काठमाडौं उपत्यकामा विहान ९ बजेसम्म वर्कसप खुल्ने

काठमाडौं - काठमाडौं उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप जेठ २१ देखि विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो । ‘सवारी साधन मर्मतका लागि वर्कसपहरु राती ९ बजे देखि बिहान ९ बजे सम्म संचालन गर्ने’ भनिएको छ ।

यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो । त्यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खुल्ने भएको छ । ढुवानीका साधन राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन हुन पाउनेछन् ।

काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । सो अवधिमा सार्वजनिक एवं निजी सवारी साधन संचालनमा रोक लगाइएको छ भने अत्यावश्यक र बिरामी बोकेका अन्य सवारी साधन संचालन हुने छन् ।

सम्बन्धित समाचारहरू

कारको सिटमा बस्दा यसरी मिलाउनुस् आफ्नो पोजिसन

कारको सिटमा बस्दा यसरी मिलाउनुस् आफ्नो पोजिसन

कार चलाउदा ड्राइभिङ सिटमा बस्ने स्थिति वा पोजिसनमा ध्यान दिइएन भने ढाड...

ग्लोबल टेक्निसियन प्रतियोगितामा सिनियर टेक्निसियन बिनोद महर्जन बने फर्स्ट रनर–अप

ग्लोबल टेक्निसियन प्रतियोगितामा सिनियर टेक्निसियन बिनोद महर्जन बने फर्स्ट रनर–अप

काठमाडौं – नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा...

ललितपुरका बाइक मेकानिक्सहरुको बनभोज कार्यक्रम सम्पन्न

ललितपुरका बाइक मेकानिक्सहरुको बनभोज कार्यक्रम सम्पन्न

काठमाडौं – ललितपुरमा अवस्थित बाइक मेकानिक्सहरुको संगठन नेपाल अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...