भित्रियो होन्डा हाइनेस सीबी ३५०, गर्ला रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा ?

होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल भित्रिसकेको छ । यसको बुकिङ प्रारम्भ भइसकेको छ । रेट्रो स्टाइलको हाइनेस सीबी ३५० भित्रिएसँगै यसले अब नेपाली बजारमा प्रभाव कायम गरेको रोयल इन्फिल्ड क्लासिक ३५० सँग कस्तो प्रतिस्पर्धा गर्ला भनेर धेरैले चासो राखेका छन् ।

मूल्य
होन्डाले हाइनेस सीबीको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकेको बताइएको छ । यद्यपि हाल बुकिङ गर्ने ग्राहकलाई ५० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ । त्यस्तै बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० सिंगल च्यानल एबीएसको मूल्य ५ लाख १५ हजार र ड्युअल च्यानल एबीएसको मूल्य ६ लाख ५ हजार रुपैयाँ छ ।

सामाजिक सञ्जालहरुमा धेरैले होन्डाको नयाँ बाइक महंगो भएको प्रतिक्रिया जनाएको पाइएको छ । यद्यपि मूल्यले मात्र नभएर अन्य फिचरले समेत यसमा प्रभाव पार्न सक्छ ।

इन्जिन
हाइनेस सीबीमा ३४८.३६ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै रोयल इन्फिल्डमा ३४६ सीसी छ, जसले ५,५०० आरपीएममा १९.१ बीएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ ।

फिचर्स
झट्ट हेर्दा होन्डाको हाइनेस सीबी सानो छ । तर पूर्णतः मेटल बडीका कारण हेभी छ । जसको तौल १ सय ८१ किलोग्राम छ । बाइकमा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम छ । बाइकको अघिल्लो भागमा एलईडी लाइटको प्रयोग गरिएको छ । १७ इन्चको अलोय ह्विलका साथ ट्युबलेस टायर छ । दुवै पांग्रामा डिस्क ब्रेक छ । यो बाइक दुई भेरिएन्ट डीएलएक्स र डीएलएक्स प्रो मा उपलब्ध छन् ।

त्यस्तै रोयल इन्फिल्ड क्लासिक ३५० पनि आफ्नै फिचर्सको कारण बजारमा लोकप्रिय छ । यसका पनि विभिन्न भेरिएन्टमा बाइकहरु उपलब्ध छन् । १९ इन्चको ह्विलको साथ फ्रेट टायर छ । जसको इन्धन क्षमता १३.५ लिटर छ ।

सम्बन्धित समाचारहरू

कालिन्चोक पुगेर फर्कियो रोयल इन्फिल्डको विन्डी राइड

कालिन्चोक पुगेर फर्कियो रोयल इन्फिल्डको विन्डी राइड

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभको...

होन्डाले इलेक्ट्रिक र आईसीई मोटरसाइकलका लागि छुट्टाछुट्टै लोगो प्रयोग गर्ने

होन्डाले इलेक्ट्रिक र आईसीई मोटरसाइकलका लागि छुट्टाछुट्टै लोगो प्रयोग गर्ने

होन्डाले आफ्नो ब्रान्ड पहिचानमा ऐतिहासिक परिवर्तन गरेको घोषणा गरेको छ।...

ट्रायम्फ स्पिड ४०० : ट्रायम्फले ल्यायो सबैभन्दा सस्तो बाइक

ट्रायम्फ स्पिड ४०० : ट्रायम्फले ल्यायो सबैभन्दा सस्तो बाइक

ट्रायम्फ मोटरसाइकलले भारतमा बजाजसँग मिलेर स्पिड ४०० बाइक लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...