रेनो ट्राइबरले पायो फोर स्टार सेफ्टी रेटिङ, कम्पनी उत्साहित

फ्रेन्च कार निर्माता कम्पनी रेनोको ७ सिटर कार ट्राइबरले भारतमा गरिएको सेफ्टी टेस्टमा ४ स्टार प्राप्त गरेको छ । ग्लोबल एनक्याप क्र्यास टेस्टमा रेनो ट्राइबरलाई यो उपाधि प्रदान गरिएको हो ।

भारतमा लोकप्रिय मानिने गाडीलाई ग्लोबल एनक्याप क्र्यास टेस्ट गरिन्छ । रेनो ट्राइबर नेपाली बजारमा समेत उपलब्ध छ । ग्लोबल एनक्याबले वयस्कका लागि ४ स्टार र बालबालिकाका लागि ३ स्टार रेटिङ दिएको छ ।

परीक्षणमा रेनो ट्राइबरको इन्ट्री लेवल मोडल टेस्ट गरिएको थियो । यसमा ड्युअल फ्रन्ट एयरब्याग, एबीएस र सिटबेल्ट रिमाइन्डर स्ट्यान्डर्डको रुपमा उपलब्ध छन् ।

महत्वपूर्ण प्रश्न के छ भने यो भन्दा पहिले परीक्षण गरिएको रेनोका अन्य कार भन्दा यो नतिजा निकै नै सुधारिएको छ ।

जर्मनीको ल्यान्ड्सवर्गमा अवस्थित ल्यावमा गरिएको परीक्षण पश्चात सो नतिजा आएको हो । अन्तर्राष्ट्रिय बजारमा जानु भन्दा पहिले भारतीय ग्राहकका लागि उत्पादन गरिएको रेनो ट्राइबरको यो नतिजाबाट आफूहरु निकै उत्साही भएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा पनि रेनो ट्राइबर गाडी उपलब्ध छ । विभिन्न ४ भेरिएन्टमा उपलब्ध रेनो ट्राइबरको मूल्य २८ लाख ९९ हजार, ३० लाख ५० हजार, ३२ लाख १० हजार र ३४ लाख ४९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

नेपाली सडकमा १५०० बढी रेनो क्विड, नयाँ क्विड किन्ने ग्राहकले पाउनेछन् यस्तो सुविधा

नेपाली सडकमा १५०० बढी रेनो क्विड, नयाँ क्विड किन्ने ग्राहकले पाउनेछन् यस्तो सुविधा

काठमाडौं – इन्ट्री लेभल ह्याचब्याकमा लोकिप्रय रेनो क्विड नेपालमा १ हजार ५...

रेनो डस्टर बीएस६ को खुल्यो बुकिङ, उही मूल्यमा उपलब्ध हुने

रेनो डस्टर बीएस६ को खुल्यो बुकिङ, उही मूल्यमा उपलब्ध हुने

काठमाडौं – नेपाली ग्राहकले पनि अब बीएस६ इन्जिनयुक्त रेनो डस्टर चढ्न पाउने...

पुरानै मूल्यमा  रेनोले ल्यायो क्विड, काइगर र ट्राइवरको फेस्टिव लिमिटेड एडिसन

पुरानै मूल्यमा रेनोले ल्यायो क्विड, काइगर र ट्राइवरको फेस्टिव लिमिटेड एडिसन

रेनोले आज भारतीय बजारमा क्विड, काइगर र ट्राइवरको फेस्टिव लिमिटेड एडिसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...