पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गरिने

काठमाडौं – सरकारले वातावरण संरक्षणका लागि विद्युतीय सवारीलाई प्रोेत्साहन गर्ने बताएको छ । पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गरिने छ ।

यसका लागि अललम्बन गरिनु पर्ने नीति, छुट तथा सुविधा र पूर्वाधार विकासका सम्बन्धमा सुझाव दिन विज्ञ सहितको कार्यदल बनाइने छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गरेमा ५ वर्ष सम्म सडक निर्माण तथा सम्भार दस्तुर र नवीकरण शुल्क छुट दिइने छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

त्यसैगरी स्वास्थ्य स्वयंसेविकाले अबदेखि १२ हजार यातायात भत्ता पाउने भएका छन् ।

अर्थमन्त्री बिष्णु पौडेलले ५५ हजार स्वास्थ्यसेविकाहरुले पाउने भत्तालाई बढाएर १२ हजार पुर्याएका हुन् । यसअघि यस्तो भत्ता ६ हजार थियो ।

सम्बन्धित समाचारहरू

वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिगह्याच विथ फाइभ स्टार लक्जरी

वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिगह्याच विथ फाइभ स्टार लक्जरी

वीरगन्ज – नेपालमा डोङफेङ ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस...

एमआईटीले ल्यायो इलेक्ट्रिक भेइकलको लागि नयाँ कोबाल्टमुक्त जैविक ब्याट्री

एमआईटीले ल्यायो इलेक्ट्रिक भेइकलको लागि नयाँ कोबाल्टमुक्त जैविक ब्याट्री

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का अनुसन्धानकर्ताले...

एलआआर मोटर्सको नयाँ वर्ष अफर : जिली ईएक्स५ किन्दा थाइल्याण्ड भ्रमण, नगद छुट र विभिन्न उपहार

एलआआर मोटर्सको नयाँ वर्ष अफर : जिली ईएक्स५ किन्दा थाइल्याण्ड भ्रमण, नगद छुट र विभिन्न उपहार

काठमाडौं–नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एलआरआर मोटर्सले आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...