देशभर ३९ लाख ८७ हजार २६७ सवारी साधन दर्ता, २० लाख ८७ हजार स्मार्ट लाइसेन्स

काठमाडौं - देशभर दर्ता भएको सवारी साधनको सङ्ख्या ३९ लाख ८७ हजार २६७ पुगेको छ । शुक्रबार जारी आर्थिक सर्वेक्षण अनुसार चालु आवको फागुनसम्ममा थप एक लाख ५० हजार ७६५ नयाँ सवारी साधन दर्ता छन् ।

गत आवको अन्त्यसम्ममा ३८ लाख ३६ हजार ५०२ सवारीसाधन दर्ता थिए । तीमध्ये मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी छ । गत फागुनसम्ममा जम्मा सात हजार ६९४ सवारीसाधनमा इम्बोस्ड नम्वर प्लेट जडान भएको छ । सवारीसाधनको दर्ता प्रणालीलई अन्तराष्ट्रिय स्तरको बनाउन शुरु गरिएको सो नम्वर प्लेट केही वर्ष रोकिएकामा गत आबमा पुनः शुरु गरिएको हो ।

सरकारले हालसम्ममा जम्मा २० लाख ८७ हजार ६८३ सवारी चालक अनुमतिपत्र (इलेक्ट्रिोनिक स्मार्ट कार्ड) वितरण गरिसकेको छ । गत आवसम्ममा जम्मा १८ लाख १३ हजार २९१ अनुमतिपत्र वितरण भएकामा चालु आबको फागुनसम्ममा थप दुई लाख ७४ हजार ३९२ थप वितरण भएको हो । सरकारले बीरगञ्ज–नारायणगढ सडक खण्डमा सडक दुर्घटना व्यवस्थापन प्रणाली सञ्चालन गरिसकेको छ । उक्त प्रणाली प्रदेश नम्वर २ र वाग्मती प्रदेशमा समेत विस्तारको प्रक्रिया अघि बढाइएको छ ।

सरकारले सवारीसाधनको स्थान पत्ता लगाउने प्रणाली (जिपिएस) स्थापना गरी सार्वजनिक यातायातमा लागु गर्न प्रणाली विकासको कामअन्तर्गत परामर्शदाताबाट पहिलो प्रतिवेदन प्राप्त भएको छ । यात्रुले जुनसुकै समय र स्थानबाट टिकट काट्न पाउने व्यवस्था मिलाउन सार्वजनिक यातायातमा अनलाइन टिकट शुरु गरिएको छ ।

सवारी दुर्घटना कम गर्न चालु आवमा नै लुम्बिनी प्रदेशमा सवारी परीक्षण कार्यालयको स्थापना गरिएको छ । गत आवमा वाग्मती प्रदेशको हेटौँडामा कार्यालय स्थापना गरिएको थियो । सातवटै प्रदेशमा परीक्षण केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको छ ।

सवारी दूर्घटना कम गर्न दैलेखको आठबीस नगरपालिकाको राषकोटमा रिफ्रेसमेन्ट सेन्टर निर्माण भइरहेको छ । कपिलबस्तुको गोरुसिङेमा सेन्टर स्थापना गर्न जमिन पहिचान भएर विस्तृत परियोजना प्रस्ताव तयार भएको छ ।सवारी साधनको भार नियन्त्रण र सडक सुरक्षाको लागि चितवनको आँपटारी र महोत्तरीको बर्दिवासमा तौल पुल निर्माण भएर सञ्चालनमा आएको छ ।

सम्बन्धित समाचारहरू

चुनावी अभियानमा यातायात पूर्वाधारविज्ञ गजुरेल, सार्वजनिक यातायात व्यवस्थित गर्ने प्रतिवद्धता

चुनावी अभियानमा यातायात पूर्वाधारविज्ञ गजुरेल, सार्वजनिक यातायात व्यवस्थित गर्ने प्रतिवद्धता

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सिन्धुली–२ का उम्मेदवार...

सार्वजनिक यातायातकोे सुधारमा भरतपुर महानगरको प्रतिबद्धता, बुझाइयाे प्रतिवेदन

सार्वजनिक यातायातकोे सुधारमा भरतपुर महानगरको प्रतिबद्धता, बुझाइयाे प्रतिवेदन

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई महानगरको सार्वजनिक...

बलिउड कलाकारले बनाएको एप्स काठमाडौं महानगरपालिकाको टप १५ सूचीमा, बढ्दै प्रयोगकर्ता

बलिउड कलाकारले बनाएको एप्स काठमाडौं महानगरपालिकाको टप १५ सूचीमा, बढ्दै प्रयोगकर्ता

एटीएस नेपाल हालै मात्र नेपाली बजारमा उपलब्ध गराइएको विभिन्न सुविधा सहितको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...