निषेधाज्ञामा खाद्यान्न सकिएमा यी नम्बरमा कल गर्न सकिने, हुनेछ घरैमा डेलिभरी

काठमाडौँ - उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइने अधिकारीहरूले बताएका छन् । हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।

निषेधाज्ञा थप कडाइ गरिएसँगै आजदेखि निजीस्तरमा किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत पूर्ण रुपमा बन्द गरिएको छ ।

निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला जिल्ला प्रशासन काठमाडाैंले त्यस्ता वस्तुको आपूर्ति सहज पार्न नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट माेबाइल गाडीकाे व्यवस्था गरिएकाे जानकारी दिएकाे छ ।

सरकार मातहतका ती निकायले तेल, नुन, चामल, आँटा, दाल, चिनीलगायत अति आवश्यकीय खाद्यवस्तु घरमा डेलिभरी गरिदिने छन् ।

 प्रशासनले त्यसका लागि कम्पनीको फोन नम्बर पनि सार्वजनिक गरेको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ ।

सम्बन्धित समाचारहरू

उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, राति ८ बजे पछि सवारी चल्न पाउने

उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, राति ८ बजे पछि सवारी चल्न पाउने

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको...

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

काठमाडौं – बैशाख १६ देखि निषेधाज्ञा लागू गरिए पश्चात नेपाली बजारमा उपलब्ध...

कस्तो पर्ला निषेधाज्ञाको असर अटोमोबाइल क्षेत्रमा

कस्तो पर्ला निषेधाज्ञाको असर अटोमोबाइल क्षेत्रमा

बैशाख १६ गतेदेखि पुनः निषेधाज्ञा लागू गर्ने सरकारी निर्णयसँगै व्यावसायिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...