मजदुरहरुको परिवारलाई निःशुल्क शिक्षा र राहत सामग्री प्रदान गर्दै इजी ट्याक्सी

काठमाडौं - राइड शेयरिङ्ग कम्पनी इजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजगार व्यवसायी तथा ट्याक्सी चालक मजदुरहरुको परिवारको लागि निःशुल्क शिक्षा सामग्री तथा राहत कार्यक्रमको घोषणा गरेको छ ।

दोस्रो एम्बुलेन्सको रुपमा काम गरिरहेका उपत्यकामा सञ्चालनमा रहेका ट्याक्सीहरुको व्यवसायाय व्यवस्थित र मर्यादित तथा समय सापेक्षरुपमा सञ्चालन गर्नको लागि सक्रिय रहेको इजी ट्याक्सीले अहिलेको अवस्थामा राहत कार्यक्रम ल्याएको हो ।

कोरोनाभाइरसको महामारीले यो व्यवसाय हालको समयमा उठ्न नसक्ने गरि एकदमै धरासायी अवस्थामा पुगेको छ । यस्तो अवस्था हुँदाहुँदै केहि हाम्रा मेहनती स्वरोजगार तथा मजदुर चालक साथीहरुको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

यस दु:खद घडीमा उनीहरूकाे परिवारलाई केही सहयोग पुर्याउने उद्धेश्यले परिवारको एकजना बालबालिकालाई दश कक्षासम्मको पढाई खर्च व्यहोरी सहयोग गर्ने इजी ट्याक्सी नेपालका सञ्चालक संजीत पौडेलले बताए ।

कोही बालबालिका शिक्षाबाट वन्चित हुन नपरोस् भन्नको लागि यस प्रकारको सहयोग गरिएको उनले बताए ।

साथसाथै उनले भने, ‘यस कोरोना महामारीले गर्दा आफ्नो दैनिक जिवनयापन गर्न समस्या परेकाहरुका लागि सहयोग पुर्याउने उद्धेश्यले कोरोना राहत कार्यक्रम पनि सञ्चालन गरिएको छ । यस प्रकारको सेवा लिनको लागि इजी ट्याक्सी नेपालको वेबसाइटमा गएर नाम ठेगाना, फोन नम्बर राख्नुपर्ने हुन्छ ।’

पौडेलले अगाडि भने, ‘यस कोरोना महामारी हामी सबैको साझा चुनौती हो हामी सबै मिलि आपसी सहयोगको भावनाले आफुले सक्नेसम्मको सहयोग गर्ने हो । त्यहि हिसाबले हामीले ट्याक्सी चालक परिवारहरुलाई केहि सहयोगहोस भनेर राहत घोषणा गरेका हौं ।’

इजी ट्याक्सी नेपालले यस भन्दा अगाडी पनि चालकहरुको कोरोना बीमा, सवारी साधनको बीमामा छुटको व्यवस्था, मृतक चालकको परिवारलाई आर्थिक सहयोग लगायत अन्य थुप्रै राहत तथा आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ ।

आगामी दिनहरुमा काठमाडौं महाानगरपालिका विभिन्न सरोकारबाला निकाय संघ संस्था तथा विभिन्न संगठनसँग मिलेर यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका साथै अन कल तथा अनलाइनको माध्यमबाट सेवा सञ्चालन गर्नेगरि काम गरिरहेको छ ।

आगामी दिनहरुमा काठमाडौं महाानगरपालिका विभिन्न सरोकारबाला निकाय संघ संस्था तथा विभिन्न संगठनसँग मिलेर यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका साथै अन कल तथा अनलाइनको माध्यमबाट सेवा सञ्चालन गर्नेगरि काम गरिरहेको जनाएकोछ ।

सम्बन्धित समाचारहरू

ट्राफिक सचेतनासम्बन्धी भौतिक कक्षा आजबाट पुनः सुरु हुँदै

ट्राफिक सचेतनासम्बन्धी भौतिक कक्षा आजबाट पुनः सुरु हुँदै

काठमाडौं–२३ र २४ भदौको आन्दोलनका क्रममा रामशाह पथ स्थित काठमाडौँ उपत्यका...

वर्षातमा सुरक्षित यात्राः सडक जोखिम र अपनाउनुपर्ने सावधानीहरू

वर्षातमा सुरक्षित यात्राः सडक जोखिम र अपनाउनुपर्ने सावधानीहरू

यातायात अवरुद्ध हुँदा सर्वसाधारण अलपत्र पर्छन्, दुर्घटनामा ज्यान जाने वा...

के सम्भव होला ? दुई दिन सार्वजनिक बिदा, जोरबिजोर प्रणाली लागू गर्न निगमको प्रस्ताव

के सम्भव होला ? दुई दिन सार्वजनिक बिदा, जोरबिजोर प्रणाली लागू गर्न निगमको प्रस्ताव

नेपाल आयल निगमले इन्धन खपत घटाउन साताको दुई दिन सार्वजनिक बिदा दिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...