नेपाल सिम रेसिङ नेसनल च्याम्पियनसिपको उपाधि जयप्रताप र कुशललाई
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले असोज २८ र २९ गते...
सडक सुरक्षा सप्ताहमा दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले पनि साना बालबालिकालाई सांकेतिक रुपमा ट्राफिक सचेतनामूलक चित्रकला सहितको काम गरी मिडिया/सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने प्रयास गरिएको बताएको छ । यो वर्ष छैटौं सडक सुरक्षा सप्ताह हो ।
हरेक वर्ष यूएन रोड सेफ्टी विक अर्थात संयुक्त राष्ट्र संघीय सडक सुरक्षा सप्ताह विभिन्न माध्यमबाट नेपाल सरकारका विभिन्न निकाय, ट्राफिक प्रहरी, सरकारी तथा गैर सरकारी संघ संस्थाले मनाउँदै आएको अवस्थामा यस वर्ष अर्थात छैटौं यूएन सडक सुरक्षा सप्ताहलाई निरन्तरता दिइएको छ । यस वर्ष कोभिडले असर पारे तापनि विभिन्न माध्यमबाट सडक सुरक्षा सप्ताह मनाउँदै गरिएको छ ।
सडक सुरक्षा सम्बन्धी जनचेतना घर परिवारबाटै शुरु गर्न जरुरी छ । त्यसका लागि आफ्नो घरमा भएका स–साना बालबालिकाहरुका साथै अग्रज व्यक्तित्वहरुलाई ट्राफिक लाइट, जेब्रा क्रसिङ लगायत सडक सुरक्षा सम्बन्धी जानकारी बेलैमा दिन सकेको खण्डमा धेरै हदसम्म प्रभावकारी हुन सक्छ । सडक सुरक्षा सम्बन्धी जनचेतना जगाउनको लागि अहिलेको यस विषम परिस्थितिमा फिल्डमा गएर कार्यक्रम गर्न कठिन भएको हुनाले यसको उपयुक्त विकल्पका रुपमा विभिन्न सञ्चार माध्यम, पत्रपत्रिका, सामाजिक सञ्जालको माध्यमबाट पनि प्रचारप्रसार एवं चेतना फैलाउन सकिन्छ । स्कुल तहका बालबालिकाको हकमा विभिन्न चित्रकला, हस्तकलाको माध्यमबाट उनीहरुलाई मनोरञ्जनात्मक तवरले सिकाउन सकिन्छ ।
विश्व माहामारीका रुपमा देखापरेको कोभिड–१९ ले विश्वलाई नै आतंकित बनाइरहेको छ जसको संक्रमणका कारण लाखौं मानिसहरुको ज्यान गइसकेको छ भने लाखौं करोडौंको अवस्था चिन्ताजनक छ । सो रोग वा भाइरसबाट नेपाल र नेपालीहरु पनि अछुतो रहन सकेका छैनौ, जसको कारण सरकारलाई रोग नियन्त्रण गर्नका लागि हम्मेहम्मे परेको अवस्था छ ।
रोग नियन्त्रणका लागि सरकारले अत्यावश्यक सेवा वाहेक सम्पूर्ण निजी तथा सार्वजनिक सवारी साधन लगायत मानिसको भिडभाडलाई रोक लगायको कुरा सर्वविदितै छ । कोरोनाले विक्षिप्त बनेको बेलामा पनि विभिन्न संघ र संस्थाहरुले आफ्नो कार्यक्रमलाई केही समयको लागि थाती राखे तापनि हाल अनलाइनको विभिन्न माध्यमबाट सिक्ने र सिकाउने प्रशिक्षण कार्यक्रमहरु गर्दै आइरहेका छन् । जस मध्ये अहिले नेपालमा पनि छैठौं संयुक्त राष्ट्र संघीय विश्वव्यापी सडक सुरक्षा सप्ताह चलिरहेको छ । Streets for Life अर्थात जीवनका लागि सडक भन्ने मुल नाराका साथ उक्त कार्यक्रम १७ मे देखि २३ मे सम्म सञ्चालनमा रहने छ ।
सडक सुरक्षा सम्बन्धी ज्ञान र सचेतनामूलक कार्यक्रमहरु बालकदेखि वृद्धसम्म र सहरदेखि गाउँसम्म फैलाउन जरुरी छ । सडक सुरक्षा सम्बन्धी उचित जानकारी र परामर्श नहुँदा विश्वभर बर्षेनी लगभग साढे १३ लाख भन्दा बढी मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् । त्यस्तै नेपालमा पनि सडक सुरक्षाको पर्याप्त जनचेना नहुँदा गत वर्ष मात्र नेपाल प्रहरीको तथ्यांक अनुसार २ हजार ३८४ जनाको मृत्यु भएको छ ।
वास्तवमा भन्ने हो भने सडक सबैका लागि हुनुपर्छ । यो बुढादेखि बच्चासम्म र शारीरिक रुपमा अशक्त सबै वर्गका व्यक्तिहरुका लागि हो भन्ने बुझ्नु जरुरी छ । देशका जुनकुनै ठाउँमा पनि सवारी चलाउँदा सतर्कता भने अपनाउनु जरुरी हुन्छ । सडक एउटा सवारी चालकको मात्र नभई पैदल यात्रीहरुको पनि हो भन्ने बुझ्नु पर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...