सिद्धबाबा सडक खण्डमा बन्ने भयो सुरुङ, ग्लोबल टेन्डर आह्वान

बुटवल – नेपाल सरकारले सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबावा सडक खण्डमा सुरुङ खन्न टेन्डर आह्वान गरेको छ ।

नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले एक महिने सूचना प्रकाशित गर्दै सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोवल टेन्डर आह्वान गरेको हो । यो टेन्डर आह्वान सँगै मृत्युमार्ग बनेको सिद्धार्थ राजमार्गको सिद्धवावा सडकखण्डमा सूरुङ बन्ने निश्चित भएको छ ।

गत बर्ष अर्थ मन्त्रालयले बजेट स्वीकृत गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा १० अर्व १५ करोडको सिमा भित्र रहेर खरिद प्रक्रिया अगाडि बढाउन भनेको थियो ।

सुरुङमार्गको लागि निरन्तर प्रयत्न गर्दै आएका अर्थमन्त्री बिष्णु पौडेलले सिद्धबावा सडकमा सुरुङ निर्माण सुरु गर्न ब्रेकथ्रु भएको भन्दै खुसी ब्यक्त गरका छन् । उनले अब सुरुङमार्ग बनाउने कामको मुखमा पुगेको र अन्तर्राष्टिय स्तरका निर्माण ब्यवसायीहरुको सहभागितामा सूरुङ निर्माण कार्य अगाडि बढ्ने बताएका छन् ।

सम्बन्धित समाचारहरू

तनहुँको विमलनगर–घाँसीकुवा खण्ड थप १५ दिन बन्द

तनहुँको विमलनगर–घाँसीकुवा खण्ड थप १५ दिन बन्द

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन...

आकस्मिक बत्ती अर्थात हाजार्ड लाइटको सही प्रयोग: सानो अभ्यास, ठूलो सुरक्षा

आकस्मिक बत्ती अर्थात हाजार्ड लाइटको सही प्रयोग: सानो अभ्यास, ठूलो सुरक्षा

नेपालका धेरै सवारी चालकहरूमा आकस्मिक बत्ती (Hazard Light) को प्रयोगबारे स्पष्ट...

जेनजी प्रदर्शनबाट क्षतिग्रस्त सवारी साधनको कर, दस्तुर र जरिवानामा छुट

जेनजी प्रदर्शनबाट क्षतिग्रस्त सवारी साधनको कर, दस्तुर र जरिवानामा छुट

काठमाडौं–बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत भदौ २३ र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...